बिर्तामोड । उहाँ हुनुहुन्छ लाल बहादुर विश्वकर्मा, झापाको बिर्तामोड वडा नं ७ मा खोलाको बगरमा एउटा छाप्रो छ उहाँको ।
न उहाँले पेटभरि खान पाउनु हुन्छ न नै आफ्ना सन्तानको आङ छोपिदिन सक्नु भएको छ । बर्खामा रातभरी घरको छानो चुहिँदा अनि प्रचण्ड गर्मीमा ती साना आफ्ना छोराछोरीले न्याउरो अनुहार लगाउँदै आफुतिर हेर्दाको पिडा कहालीलाग्दो छ ।
बनिबुतो गर्दै आफुले जानेको आरनको काम गर्ने विश्वकर्मालाई बैशाख १ गते अर्थात आज उत्सव जस्तै भएको छ ।

बिर्तामोड नगरपालिका वडा नं ८ का वडाध्यक्ष अजय कार्कीको नेतृत्वमा अमेरिका स्थित पेन्सल्भेनिया मा बस्ने छला खनालको सहयोगमा अभाव र गरिबीमा छटपटाइरहेका विश्वकर्मालाई लत्ताकपडा, जस्तापाता, खाद्य सामाग्री, बाँस लगायत अन्य विविध आवश्यक सामाग्री बितरण गरिएको छ ।
आफ्नो माटोभन्दा कयौँ टाढा विदेशी भुमिमा बसे पनि दुखी पिडितलाई सहयोग गर्ने उदेश्यले अमेरिका स्थित पेन्सल्भेनिया र ओहायो मा बसोबास गर्ने, छला,बन्दना खनाल, हरि भट्टराई, माधव अधिकारी, घना खतिवडा र गंगा चिमरिया सहितको समुहले पहिलो चरणमा नेपाली रुपैँया ६० हजार बराबर राहत सहयोग हस्तान्तरण गर्नूभएको हो ।
बिहान बेलुका कुनै दिन नखाइ कन पानीको भरमा रात बिताउँदै हात्ती धर नजिकै बाट गुज्रिदा आफ्ना चार चार सन्तानलाई कसरि बचाउने त्यही पिरलोमा रात बित्ने गरेको बिश्वकर्मा बताउँनु हुन्छ ।
योभन्दा अगाडी एक मैनाली परिवारले शरण दिएको बताउँदै आँखा भरि आँसु पार्दै उहाँ भन्नुहुन्छ, गरिबको त दैव पनि हँदा रहेनछन् ।
बिर्तामोड ८ का वडाध्यक्ष कार्की सहित अन्य स्थानीयबासी उहाँको घरमा राहतको सामग्री सहित पुग्दा परिवारमा खुसीको सिमा रहेन । आफ्नो पिडा सुनाउदै उहाँ भन्नु हुन्छ ।
बिर्तामोड नगरपालिका वडा नं ८ का वडाध्यक्ष अजय कार्कीले यो अभियानमा जोडिन भएका सम्पुर्ण लाई धन्यवाद ज्ञयापन गदै चाँडै बत्ति र पानिको ब्यवस्थापन गरिदिने बताउनु भयो ।
अरुले नयाँ बर्ष घुमेर नयाँ परिकार बनाएर मनाउने गर्छन् तर आफुले मागेर नै भएपनि दुखीे विश्वकर्माको पोलेको घाउमा मलम लगाउन पाएको भन्दै खुशी प्रकट गर्नु भयो ।
श्री शुन्दर नियाझोडा गोलधाप सामुदायीक वनका अध्यक्ष बद्रि प्याकुरेलकोे अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रकमा वडा नम्वर ८ का वडा सदस्य अग्नि सिटौला, समाजसेवी तथा अभियान्ता रमेश कार्की, नम्वर ८ का वडा सदस्य ईन्दिरा पाण्डे, लक्ष्मी नेपाली लगायतको उपस्थिति रहेको थियो । 
हुँदा खाने हुनेखाने िबचकाे खाल्डाे लाइ पुर्न बिचबिचमा विभिन्न अभियान चालिए पनि न त यस्ता अभियानले निरन्तता पाए न नै प रिणाम मुखी उपलब्धि हाँसिल भए ।














