ओम नारायण राजवंशीझापा   झापा गाउँपालिका  ५ अन्तर्गत को पन्थापाडा बस्ने राजवंशी समुदायहरुले  धुमधामका साथ सिरुवा पर्व तिन दिन सम्म मनाउदै छन् । 

सिरुवा पर्व  नेपालको झापा र मोरङ मा बसोबास गर्ने कोच राजवंशी विशेष समुदायहरुले मनाउने मुख्य चाडपर्व हो। उनीहरू सिरुवा पाब्नी नयाँ वर्षको सुरुवात सँगै तीन दिन सम्म मनाउने गर्छन्। 

राजवंशीहरू उक्त तीन दिनको पहिलो दिन पानी सिरुवा, दोस्रो दिन काद सिरुवा र तेस्रो दिन रङ्ग सिरुवा भनेर मनाउँछन्।

पानी सिरुवा मा सानाहरुले आफु भन्दा ठूलाहरुको खुट्टामा पानि हालेर ढोक्छन् भने ठूलाहरुले आफूभन्दा सानाहरू को टाउकामा पानी हालेर पानी जस्तै स्वच्छ,सफा र शान्त हुनुपर्छ भन्ने आशीर्वाद दिने तथा रुख,बोट, बिरुवा र एक अर्का मा पानी छरेर मनाउँने गर्छन्  ।Screenshot_20230414-202959

दोस्रो दिन काद सिरुवामा माटो र पानी को घोल बनाएर एक अर्काको अनुहार शरीर मा लगाएर काद सिरुवा मनाउँछन् र त्यसै गरी माटो बाट निर्मित सानो भाँडो आकार लाई पुजा गर्छन् जसलाई घाटोसरी भनिन्छ, विभिन्न परिकारहरू जस्तै गाँजी मुरी बरी  पिठो र आटा बाट बनेको परिकार, दही च्युरा, काचो आँपहरू खुवाउँछन् र आफू पनि खान्छन् त्यसैगरी अन्तिम दिन त्यसरी नै साथी भाई,छरछिमेक,इष्टमित्र हरूसँग एक अर्का लाई रङ्ग लगाएर रङ्ग सिरुवा मनाउँछन्।

सिरुवा पाब्नी मा राजवंशीहरुले आफ्ना कुल देवता तथा घर को देवताहरुको पूजा आराधना गरेर बर्षभरी सुख, शान्ति र समृद्धि को कामना गर्छन्।

वर्ष को सुरुवात भएकोले त्यो दिन यदि खुसी साथ बित्यो भने पुरै वर्ष खुसियाली पूर्वक कट्छ भन्ने धार्मिक मान्यता ले गर्दा उनीहरू घरमै मीठा मिष्ठान्न, परिकारहरू पकाएर खान्छन् र गाउँ भरी सिरुवा खेल्दै मनोरञ्जन गर्दै सिरुवा पब्नी मनाउँछन्।

स्थानीय बासी भन्छन्, कुनै पनि जात जाती ले आफ्नो पहिचान कहिले पनि बिर्सनु हुँदैन, आफूले सिकेको जानेको धर्म, संस्कृति, संस्कार,रीति रिवाज,प्रथा,परम्पराहरू जोगाउनु पर्छ, वर्तमान जस्तो आधुनिक समय मा यस्ता परम्परागत पर्व, प्रथा,रीति रिवाजहरू लोप हुँदै गएका छन् त्यस्ता अवस्था आउन नदिन आफ्नो जाती धर्म संस्कृतिलाई निरन्तरता दिनु पर्छ र आफ्नो स्थानीय वातावरण मा रमाउन सिक्नुपर्छ ।