झापाको बिर्तामोडमा रहेको साहित्य चौतारीले झापा कर्म थलो भएका चार प्राज्ञसभा सदस्यलाई सम्मान गरेको छ ।
झापाको बिर्तामोड स्थित साहित्य चौतारीको सभाहलमा आयोजित नव बर्ष शुभकामना आदान प्रदानका बिच उहाँहरुलाई सम्मान गरिएको हो ।
संगिततर्फ हरिप्रसाद पौड्याल, कला र साहित्य तर्फ मुना राज शेर्पा, सुमित्रा वाङ्देल चेली र खेमराज खनाल लाई सम्मान गरिएको थियो ।

बरिष्ठ साहित्यकार तथा लेखक डा.पुण्य प्रसाद सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भ्वाईस अफ किड्सका बिजेता जेनिस उप्रेतीले राष्ट्रिय गीत प्रस्तुत गरेका थिए । मासिक रुपमा सांगितिक काव्यसभा गर्दै आएको साहित्य चौतारीले झापाको १५ पालिकामा रहेका विद्यालयमा विद्यार्थीको साहित्यप्रति झुकाव बढाउन मासिक कायक्रम गरि उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ ।
प्रमुख अतिथि सिग्देलले समग्र कार्यक्रमको विवेचना सहित शुभकामना राख्नुभएको कार्यक्रममा रक्षा तिम्सिना, उत्साह अधिकारी, रोहित तिम्सिना लगायतले राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत, प्रमोद दाहल, प्रकाश गौतम, टिका भट्टराई नेपाल, चित्रा पौड्याल, भानुभक्त कायफेली लगायतले विभिन्न रस र छन्दका कविता गजल प्रस्तुत गरेका थिए ।

झापाले विभिन्न सर्जकहरुलाई जन्माउन सफल भएको बताउँदै साहित्य कला र संगितको क्षेत्रमा नव निर्वाचित प्राज्ञसभा सदस्यहरुले अहम भुमिका खेल्नेमा आफु आशावादी रहेको साहित्य चौतारीका संरक्षक देवीभक्त क्षेष्ठले बताउनुभयो ।
कार्यक्रममा महिलाको नेतृत्वमा रहेको नौमति बाजा समुहले सामाजिक रुपान्तरणसँग सम्बन्धित नाटक प्रस्तुत गरेका थिए । कार्यक्रमलाई संस्थाका सह–सचिव देबीचरण भण्डारीले सञ्चालन गर्नुभएको थियो ।














