काठमाडौँ । रुसका प्रतिपक्षी नेता भ्लादिमिर कारा–मुर्जालाई २५ बर्षको जेल सजाय दिइएको छ ।

राष्ट्रपति भ्लादमिर पुटिन विरोधी नेता मुर्जालाई युक्रेन युद्दमा रुसको साथ नदिएको आरोप लगाउदै जेल सजाय दिइएको बिबिसीले उल्लेख गरेको छ ।

एक बर्ष अघि नै मस्कोबाट पक्राउ परेका उनी हाल हिरासतमै रहेका छन् । उनलाई रुसी सेनाविरुद्ध गलत सूचना प्रवाह गरेको आरोप लगाइएको छ ।

पूर्व पत्रकार समेत रहेका मुर्जा रुसमा जेल सजाय पाएका पछिल्ला पुटिन विरोधी नेता हुन् । उनले आफूमाथि लागेका सबै आरोपको खण्डन गरेका छन् ।

४१ बर्षिय मुर्जाले लामो समय पुटिन विरोधी अभियानमा बिताएका छन् । उनी युक्रेनमाथिको आक्रमणको सधै विरोध गर्ने नेताको रुपमा रहेका छन् ।

यसैबीच जेलमा रहेका क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीले विपक्षी नेता मुर्जाको २५ वर्षको जेल सजायलाई 'लज्जास्पद र फासीवादी' भन्दै निन्दा गरेका छन् । 

डेंगी राेगबाट बचाैं