राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्वस्थ भएका छन् । महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भएपछि उनी मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।
केही दिनअघि पनि पौडेल पेटसम्बन्धी समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएर डिस्चार्ज भएका थिए ।
उनलाई पुरानै समस्या हो या के भएको हो भन्नेबारे थप परीक्षण पछि थाहा हुने शीतल निवास स्रोतले जनाएको छ ।














