काठमाडौं । नेपालमा पछिल्लाे २४ घण्टामा एक सय आठजना काेराेना संक्रमित थपिएका छन् । २४ सय ५० जनाको कोरोना परीक्षण गर्दा साे संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ३८६ जना सक्रिय संक्रमित रहेका छन् ।
संस्थागत आइसोलसनमा भर्ना भएका मध्ये सातजना आइसियू र तीनजना भेन्टिलेटरमा उपचाररत छन् ।
काठमाडौं उपत्यकामा मात्रै २१ जना कोरोना संक्रमित संस्थागत आइसोलेसनमा उपचारत छन् ।














