देव बाँस्कोटा बिर्तामोड । झापाको बिर्तामोडमा यही जेठ १२ र १३ गते कोशी प्रदेशस्तरीय दोस्रो बडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ ।

अघिल्लो वर्षको सफलताबाट उत्साहित मिस्टर कन्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिपले दोस्रो संस्करण गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा  जानकारी दिइयो ।

व्याम प्रति आर्कषण जागृत गराई स्वास्थ्य निरोगी जनशक्ति उत्पादनमा टेवा पु¥याउने  उदेश्यले प्रतियोगिताको आयोजना गरिएको वडि ग्यारेज जिम हाउस तथा इभेन्टका अध्यक्ष अर्जुन मैनालीले जानकारी दिनु भयो । कोशी प्रदेशमा स्थायी बसोबास रहेका खेलाडीहरु प्रतियोगितामा सहभागी हुन छन् ।

3

प्रतियोगितामा ६० देखि ७० जनाको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहमा प्रतिष्पर्धा गराउने कार्यक्रम संयोजक राम दाहालले जानकारी दिनु भयो ।

  प्रतियोगितालाई आगामी दिनमा राष्ट्रियस्तरको बनाउने योजना रहेको दाहाको भनाइ छ । प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष मैनालीले बताउनु भयो  अघिल्लो वर्ष पुरस्कार राशि तीन लाख रुपैयाँ थियो ।

अध्यक्ष मैनालीका अनुसार मि. कन्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिपले दोस्रो संस्करणमा दोस्रो हुनेले दुई लाख ५० हजार रुपैयाँ, तेस्रो हुनेले एक लाख ५० हजार रुपैयाँ, चौथो हुनेले एक लाख रुपैयाँ र पाँचौं हुनेले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

Capture 8

पटक खेलाडीहरुलाई आवतजावत भाडा र बिर्तामोडमा लजिङफुडिङको ब्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितालाई थप उत्कृष्ट बनाउने योजना रहेको अध्यक्ष मैनालीको बताउनु हुन्छ । करिब २४ लाख लगानिमा सम्पन्न गरिने जनाइएको छ । 

प्रतियोगिता उपत्यका बाहिरकै सबैभन्दा ठूलो धनराशि पुरस्कार भएको आयोजकले दाबी गरेको छ ।

tye

आयोजक समितिका सचिव राजेश गिरीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा कोशी प्रदेश सरकार र खेलकुद विकास समितिले आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्वता जाएको  कार्यक्रम संयोजक राम दाहालले जानकारी दिनु भयो ।