भरत प्रसाई । झापाको सुरुङगामा १ लाख रुपैया तिर्न नसक्दा एक युवाले आफ्नो देहलिला त्यागे । यी त प्रतिनिधि पात्र मात्रै हुन, बैक,लघुबित्तले ऋण उठाउने नाममा मानसिक तनाव दिएपछि अन्तिम विकल्पको रुपमा आत्माहत्याको बाटो रोज्न थालेका छन् नेपाली युवाले । ठुला लाई चैन साना लाई ऐन भने झै पिडामा पिल्सिएका हरुको आवाज कोही बन्न नखोजीरहेका बेला घाउको मलम बनेर आउनुभएको छ दुर्गा प्रसाई ।

जन्ताको आँसु पुच््दा कसैको गालीको पात्र बन्नुभएका प्रसाई आवाज बिहिनहरुको आवाज बन्न छोड्नुभएन । आज सबै मिलेर दबिएका आवाज र शोषणलाई बुलन्द गर्नुपर्ने प्रसाईको भनाई छ । कोही आगो लगाएर आत्मा दाह गर्छन कोही फाँसी लगाएर जीवनलाई खत्तम गर्छन । यहाँ धनी सुख सयलमा र गरिब पल पल मर्छन् ।
राज्यले रोजगारीको अवसर प्रदान गर्दैन अनि आफ्ना सन्तानको पेट भर्न मागी खानु भन्दा स्वाभिमानले आफ्नो बाबु बाजेको जग्गा जमिन धरौटी राखेर ऋण लिन पुग्छन । ७ / ८ प्रतिशत ब्याजदरमा लिएको ऋण १६ प्रतिशत पुग्दा पनि राज्यका सम्यन्त्र तैँ चुप मैँ चुप हुन्छ । यस्तो बेलामा कसैले त बोल्न् पर्यो ? होला कसैका लागि दुर्गा प्रसाई अप्रिय पात्र हुनुहुन्छ तर दुखी जन्ताको आँसु पुच्छन उहाँ सँधै पुग्नुभएको छ । लघुबित्तले अचाक्ली शोषण गर्दा राज्य संयन्त्र टुलुटुलु हेरेर बसिरहेको छ ।
आज लघुबित्तले सम्पती त सकियो सकियो परिवारमा आँसुको भेल बागाएको छ । चर्को ब्याज अनि थोपरिएको तनावले ती ऋणीहरु नराम्ररी डुबेका छन् । यति भनिरहँदा लिएको ऋण नतिर्नु भन्ने आशय यो स्तम्भकारको हैन् । यहाँ जुँगाको लडाँई भन्दा गरिब जन्ताको जीवन रक्षको सवाल महत्तवपुर्ण छ । दुर्गा प्रसाई यस्ता पात्र हुन कहिले काँही विवादमा परे पनि जन्ताको सेवामा आफुलाई सँधै समर्पित गर्दै आउनुभएको छ ।

उहाँले केही समय अगाडी सुरुङ्गामा आत्मा हत्या गरिसकेपछि शोकाकुल परिवारको घाउको मलम बन्नु भएको छ । राज्य, राजनितिक दल, र बैँङकिङ क्षेत्रमा काम गर्ने करपोरेट संस्थाहरुले यसको दीर्घकालीन समाधानका लागि किन गम्भीर भएर सोच्दैनन् ।
आँसु नलागोस नेपाली जनताको, दुर्गा प्रसाई माध्यम मात्र हुनुहुन्छ तर उहाँले चलाएको अभियान जन्ताको आवाज हो । पक्कै दुर्गा प्रसाईसँग अथाह सम्पती भएर बाँड्दै हिड्नुभएको हैन होला, उहाँ त आफु ऋण र पिडामा डुबेर पनि जन्ता बचाउने अभियानमा लाग्नुभएको छ ।

यहाँ सिङ उम्रदैन जुरो उम्रदैन विकास र परिर्वतनका लागि अाखिर कसैले त आवाज उठाउनै पर्यो । ५० बर्षिय भरत पौडेलका परिवारलाई सम्हाल्दै जस्तो सहयोग गर्न पनि तयार हुनुभएका प्रसाईलाई अनेक आरोप लगाइन्छ गाली गरिन्छ तर उहाँ कहिले थाक्नुभएन आवाज बिहिनहरुको आवाज बन्न । होला उहाँको बारेमा स्तम्भकारले सर्मथन सहित बखान गरिरहँदा नातावादको ओरोप लाग्न सक्छ तर म त्यो खेप्न तयार छु ।
बढाई चढाई उहाँको प्रसंशा गरेको कैयौँ पाठकको बुझाई हुन सक्छ तर दिनलाई दिन नै भन्नु पर्छ रातलाई रात नै भन्नु पर्छ । अब खबरदारी गर्नुपर्छं बेतिथी कुसंस्कार फैलाउने समाजका सामन्तहरुका बिरुद्ध । जोडीनु छ राष्ट्रलाई जोगाउन । दुर्गा प्रसाई राष्ट्र र जन्ताको पक्षमा यसरी नै उभिरहनुहोला मन खोलेर भन्छृु गर्व छ तपाईप्रति ।














