बिर्तामोड– नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ झापाको अध्यक्षमा झापाका अग्रज पत्रकार इन्द्रजित मुखिया निर्विरोध चयन भएका छन् ।

शनिवार बिर्तामोडमा भएको मञ्चको जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति गठन गरेको हो ।

IMG_20230422_170131

नेपाल टेलिभिजनका झापा सम्वाददाता पत्रकार मुखिया दुई दशकअघिदेखि झापाको पत्रकारितामा सक्रिय छन् । आँगन एफएमका प्रवन्ध निर्देशक समेत रहेका मुखियाको नेतृत्वमा आगामी तीन वर्षे कार्यकालका लागि खेलकुद पत्रकार मञ्चको नेतृत्व छानिएको हो ।

यसअघि पत्रकार हिमाल खरेलको नेतृत्वमा रहेको खेलकुद पत्रकार मञ्चले जिल्लामा आफ्नो उपस्थिति र भूमिकालाई निकै प्रभावकारी बनाएको थियो ।

झापामा आयोजना गरिएका साना ठूला प्रतियोगितामा खेलकुद पत्रकार मञ्चको समन्वय र सहभागिता अनिवार्य भएको थियो ।

मञ्चको उपाध्यक्षमा प्रेम आचार्य र सचिवमा चीरञ्जीवि घिमिरे छन् । व्लाष्टकर्मी आचार्य झापाका पुराना पत्रकार हुन् । घिमिरे नयाँ पत्रिका दैनिकमा आबद्ध छन् ।

सहसचिव र कोषाध्यक्षमा क्रमश भूमिका सुब्वा र प्रकाश बानियाँलाई चयन गरिएको छ । सदस्यहरुमा राेहित काफ्ले, तीर्थ तिम्सिना, विष्णु श्रेष्ठ, तिलक याेञ्जन, नारायण अर्याल र आयुष निराैला छन् ।

भगीरथ आले मामा नेतृत्वकाे निर्वाचन समितिले निर्वाचित पदाधिकारी तथा सदस्यकाे नाम घाेषणा गरेको हो । मञ्चले खेलकुद विधामा पत्रकारिता गर्दै आएका झापाली सञ्चारकर्मीलाई प्रशिक्षण प्रदान गर्नुका साथै स्पोटर्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।