भरत प्रसाई, कनकाई । बाल कल्याण एकाई कनकाई नगरपालिकाको आयोजनामा बालमैत्री स्थानीय शासनका निम्ति सरोकावालाको भुमिका विषयक एक दिने अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।

२०८१ साल भदौ २९ गते कनकाई नगरपालिकालाई बालमैत्री  नगरपालिका घोषणा गर्ने गुरु योजना अन्तर्गत ५१ सुचक पुरा गर्न नगरपालिका लागि परेको बाल कल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिनुभयो । 


m

कनकाई नगरपालिकामा  ३४.५प्रतिशत  बालबालिका रहेको ढकालको भनाई छ ।  बालमैत्री स्थानीय शाासनबारे जानकारी गराउने उदेश्यले आयोजित कार्यक्रममा सरोकारवालासँग सल्लाह सुभाव सहित परामर्श संकलन गरिएको थियो ।

सरकारले तोकेको न्युनतम ५१ वटा सुचकमध्ये २२ भन्दा बढी सुचक पुरा गरि सकिएकाले निर्धारित समयमा नै बालमैत्री नगरपालिका घोषणा गर्न सक्षम हुने कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रप्रसाद पोखरेलले बताउनु भयो ।

राष्ट्रिय बाल अधिकार परिषद प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले सहजीकरण गर्नुभएको कार्यक्रमको औचित्यमाथि बालमैत्री स्थानीयबिज्ञ प्रजेश खनालले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नगरका जनप्रतिनिधी, विद्यालयका प्रतिनिधि, बाल क्लबका अध्यक्ष सहित ७० भन्दा बढीको उपस्थिति रहेको थियो । आर्थिक बर्ष २०७९/२०८० को बार्षिक निति तथा कार्यक्रमबाट नगरलाई बालमैत्री घोषणा गर्ने निति अनुरुप बाल मैत्री स्थानीय शाासनका निम्ति दुरुगामी सोचका साथ अभियानमा होमिएको नगर प्रमुख पोखरेलले बताउनुभयो दिनुभयो  ।