भद्रपुर । झापाको भद्रपुर नगरपालिका ६ मन्त्री चोकमा ओमप्रकाश गोयल कोलोनी मार्ग उद्घाटन तथा विपन्न परिवारका लागि घर हस्तान्तरण गरिएको छ ।


आज (आइतबार)  एक कार्यक्रमका बिच ओमप्रकाश गोयल कोलोनी मार्ग र  आठ  माझी परिवार र ६ राजवंशी परिवार गरि  १४ परिवारलाई घर हस्तान्तरण गरिएको हो ।

झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् समाजसेवी ओमप्रकाश गोयलको स्मृतिमा स्वर्गीय ओमप्रकाशका दाजुभाइ महावीरप्रसाद, दीनबन्धु र राजकुमार गोयल परिवारबाट करिव १ करोडको लगानीमा निर्माण गरिएको घरहरू औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।