कनकाई । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गा मा भोलि (बुधबार) विषादि मुक्त सप्ताहको समापन कार्यक्रमको अवसरमा विभिन्न दर्जन बढी कार्यक्रम गरिने भएको छ।

कनकाई नगरमा कृषकहरूले कसरी बढी भन्दा बढी विषादि रहित अन्नबाली उत्पादन गर्ने भन्ने उद्देश्यका साथ कनकाई नगरलाई कृषि बालीमा विषादि मुक्त बनाउने अभियान अन्तरगत सप्ताह कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो ।

कारितास नेपालको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा कनकाई नगरलाई कृषि बालीमा विषादि मुक्त गर्नकै लागि सप्ताहको आयोजना गरिएको कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले जानकारी दिनुभयो ।