देव बाँस्कोटा बिर्तामोड । साहित्य चौतारी झापाले विद्यालय तहमा कला, साहित्य र संगीत प्रवद्र्धन गर्ने उदेश्यले विद्यालयमा साहित्य चौतारी अभियान सुरु गरेको छ ।
झापा भित्र रहेका १५ पालिकाका र भोजपुरको १ गरि १६ वटा सामुदायिक विद्यालयमा एकैसाथ विद्यालयमा साहित्य चौतारी अभियान सुरु गरिएको हो ।
झापाको बिर्तामोड स्थित साहित्य चौतारीको सभाहलमा आज सम्पन्न कार्यक्रममा कसरी साहित्य संगीतको पहुच विद्यार्थीमा पु¥याउन सकिन्छ भनि सराकोरवाहरुसंग अन्तरक्रिया गरिएको छ । विद्यार्थीमा अन्तरनिहीत प्रतिभालाई थप प्रोत्साहित गर्न विद्यालयमा साहित्य चौतारी अभियान सुरु गरिएको संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताउनु भयो ।

आज आयोजीत अन्र्तक्रिया कार्यक्रममा सिद्धेश्वर मावि भोजपुर, शनिश्चरे मावि अर्जुनधारा, धुलाबारी मावि मेचीनगर, शान्ति आदर्श मा वि वुद्धशान्ति, हिमालय मा वि दमक, कनकाई मा वि सुरुङ्गा, झिलझिले मावि शिवसताक्षी र दुर्गा मावि गरामनी, पथरिया मावि कचनकवल, लक्ष्मी मावि हल्दीबारी, गौरीगञ्ज मावि गौरीगञ्ज, भद्रपुर मा वि भद्रपुर, कुवाडीदेवी मावि झापा गाउँपालिका, जनता मावि गौरादह, फुलबारी मावि वाह्रदशी र महेन्द्ररत्न मावि कमल गाउँपालिकाका प्रधानाध्यापक सहित विद्यालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

हरेक महिना नियमित मासिक सांगीतिक काव्यसभा सञ्चालन गर्दै आएको साहित्य चौतारीले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरुलाई सहयोग गरिरहेको छ ।
प्राज्ञ हरी प्रसाद पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विविध श्रष्टाहरुले गजल, कविता बाचन गरेका थिए । प्राज्ञ हरीप्रसाद पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विविध श्रष्टाहरुले गजल, कविता बाचन गरेका थिए ।
चौतारीका संरक्षक श्रेष्ठ साहित्य, संगीत र कला विधामा अब्बल जनशक्ति उत्पादनको लक्ष्य राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताउनु हुन्छ ।

साहित्य चौतारीले विद्यालय तहमा यो कार्यक्रम सञ्चालन गर्न साहित्यकार भानुभक्तको कुभिण्डेलीको नेतृत्वमा समिति पनि बनाएको छ । कार्यक्रम लागू भएका विद्यालयमा हरेक महिना साहित्य, संगीत र कला विधामा बिद्यार्थीबीच प्रतिस्पर्धा हुने गर्छ ।
आयातीत संस्कारले आफ्नो भाषा संस्कृती लाई विस्थापित गर्दै लगेको परिपेक्षमा विद्यार्थीलाई साहित्य तर्फ लाग्ने प्रेरणा जार्गित गराउनु आफैमा प्रसंशनिय कार्य रहेको प्रमुख अतिथी झापा जिल्लाका सहायक जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताउनु भयो ।
साहित्य चौतारीले विद्यालयमा प्रभावकारिता र आगामी कार्ययोजनाका विषयमा सरोकारवालासँग छलफल गर्दै विभिन्न विद्यालयको राय संकलन गरेको छ ।

साहित्य चौतारीका अध्यक्ष हस्त परियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई संस्थाकी सचिव खगेन्द्रा खुसीले सञ्चालन गर्नु भएको थियो । कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै साहित्य चौतारीका संरक्षक श्रेष्ठले हाल सम्म १५ लाख बजेट संकलन भएको बताउदै ३० बर्ष १ करोड रमक पु¥याउने लक्ष्य रहेको बताउनु भयो ।

श्रेष्ठले साहित्य चौतारिको बार्षिकोत्सवको अवसरमा यही असार ३१ गते विभिन्न विधाका ३१ जना उत्कृष्ट प्रतिभालाई सम्मान गरिने जानकारी दिनु भयो ।














