दिलिप घिमिरे,शिवसताक्षी । म्यानेजर्स क्लब अफ शिवसताक्षीको आयोजनामा १ दिने कर्मचारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

म्यानेजर्स क्लब अफ शिवसताक्षीका अध्यक्ष एवं  जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको संचालक समिति  सदस्य बिनोद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि  जिल्ला सहकारी संघ झापाको लेखा सुपरिवेक्षण समितिको संयोजक चुडामणि ओझा र  विशेष अतिथ शिवसताक्षी नगरपालिका सहकारी शाखा  प्रमुख बद्रिकुमार दाहालले कार्यक्रमको सहजीकरण  गरेका थिए ।


342837893_918656542799169_688601874575150909_n

 जनहितमा जारी

कार्यक्रमको सहजीकरण गर्दै सहकारी शाखा प्रमुख दाहालले  सहकारीमा कर्मचारीहरूको काम ,कर्तव्य र भूमिका विषयमा प्रष्ट पारेका थिए ।

सचिव प्रकाशचन्द्र पोख्रेलले सञ्चालन गरेको कार्यक्रममा ३१ वटा सहकारी संस्थाका  व्यवस्थापक, सह व्यवस्थापक, लेखापाल, ऋण अधिकृत, बजार प्रतिनिधिहरु गरि ९०जना सहभागीहरूको उपस्थिति रहेको थियो ।

सहकारी व्यवसायलाई मूल्यकेन्द्रित, सिद्धान्तनिष्ठ र स्वयम अनुशासित बनाउन सहकारी अभियान र तीनवटै तहका नियामक निकायहरु परिचालित हुनु अत्यन्त जरुरी छ ।

यति मात्र होइन, नियामक निकायमा नै सहकारी शिक्षा र क्षमता विकास आवश्यक देखिएको छ ।