भरत प्रसाई । झापाका १ दर्जन भन्दा बढी सहकारीको अगुवाईमा कोअपरेटिभ एलायन्स अफ झापा गठन गरिएको छ ।
झापाको बिर्तामोड स्थित एन एम सीको सभाहलमा आयोजीत पत्रकार सम्मेलनमा देशका विभिन्न भागमा केही प्रारम्भिक सहकारी संस्थााहरु समस्याग्रस्त हुँदा सिङगो सहकारी अभियान तहसनहस भएको भन्दै उक्त अभियान शुरु भएको जनाइएको हो ।

वित्तिय सुचाङकलाई सन्तुलनमा राख्न, ऐन नियमावली र विधि पद्वतीमा रही ऋण आय ब्यायको एकरुपताका निम्ति एलायन्स आवश्यक रहेको नेपाल बहुउदेश्य सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिनु भयो ।
सस्तो लोकप्रियता आर्जन गर्न केहि ब्यक्तिहरुले सहकारी बिरुद्व निरन्तर आक्रमण गरिरहेको बताउदै, आफुहरु न्याय र विधि पद्वति पक्षमा सधै रहेको उप्रेतीले बताउनु भयो ।
कोअपरेटिभ एलायन्स अफ झापामा आबद्व रहने सहकारीहरुले १४ सुचाङकमा प्रतिबद्वता सहितको पुर्र्णरुपमा उतीर्ण हुनु पर्ने आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाल बहुउदेश्य सहकारीका अध्यक्ष उप्रेतीको अध्यक्षतामा ७ सदस्य कार्यसमिति गठन गरिएको छ । प्रत्येक बैठक संगै नेतृत्व हस्तान्तरण गरिने विराट बहुउदेश्य सहकारीका अध्यक्ष मोहन शिवाकोटीले जानकारी दिनु भयो ।
अन्तरक्रिया कार्यक्रममा वित्तिय सन्तुलनता, एकरुपता, सुशासन र पादर्शिताका निम्ति झापामा आबद्व सबै संस्थालाई एकताबद्व हुन अपिल समेत गरिएको थियो ।














