दिलिप घिमिरे  , शिवसताक्षी  । किरात समुदायको महान पर्व साकेला उभौली मनाईदैछ।‘अन्नवाली सप्रियोस, रोगव्याधि नलागोस, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनाका साथ किराँत समुदायले साकेल उभौली पर्व यहि बैशाख ३० गते  मनाउने भएको छ।

WhatsApp Image 2023-04-30 at 4.46.49 PM

भूमी, पितृ र अन्नको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । यसै अवसरमा किरात राई यायोक्खा शिवसताक्षी नगर इकाई समितिले पत्रकार सम्मेलन गरी जानकारी  िदइयाे ।

WhatsApp Image 2023-04-30 at 4.46.48 PM (1)

शिवसताक्षी नगरपालिकाको ३ लाख र आन्तरिक स्रोतबाट २ लाख  ५० हजार  रुपैयाँको लागतमा शिवसताक्षी-८ झिलझिलेमा राष्ट्रिय कलाकार भ्वाइस अफ किड्सका कोच मिलन नेवार ,हास्य कलाकार सुमन कार्की ,भ्वाइस अफ किड्सकी फाइनलिष्ट नुमा राई लगायतको उपस्थितिमा भव्य कार्यक्रम गरिने प्रेस संयोजक पवन चाम्लिङ राईले जानकारी दिए ।

WhatsApp Image 2023-04-30 at 4.46.50 PM

अन्नबाली लगाउने सिजन सुरु भएकाले त्यसलाई नष्ट नहोस भन्ने कामनाका साथ प्रकृतिलाई पूजागरी यो पर्व मनाउने गरिएको  किरात राईयायोक्खाका कार्यक्रम संयोजक मिलन राईले बताए  ।

 प्रकृतिलाई पूजाआजा गरे बालीनाली सप्रने किराँत समुदायको धार्मिक विश्वास रही आएको छ  ।