भरत प्रसाई, बिर्तामोड । सामाजिक उत्तर दायित्व अन्तर्गत चारपाने अर्जुनधारा विकास समाजले १ दिने निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

परिर्वतन सामुदायिक सिकाई केन्द्रको साझेदारी ,साहरा नेपाल साकोसको प्रायोजनमा आयोजित आँखा शिविरलाई बिर्तामोड आँखा अस्पतालले प्राविधिक सहयोग प्रदान गरेको गरेको थियो ।

बिर्तामोड २ निवासी ८६ बर्षीय जेष्ठ नागरिक पद्मादेवी ढकालको आँखा परिक्षण गरेर उद्धाटन गरिएको शिविरमा बिर्तामोड १,२ र अर्जुनधारा ५ का ७ सय भन्दा बढी स्थानीयबासीले आँखा परिक्षण गराएको संस्थाका सचिव भरत भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा चारपाने अर्जुनधारा विकास समाजका चार ब्लक अन्तर्गतका संयोजकहरु शुशिल बस्नेत ब्लक नं १, घनश्याम दाहाल ब्लक नं २, लक्ष्मीप्रसाद खनाल ब्लक नं ३ र ब्लक नं ४ का दिनानाथ सिग्देलले शिबिर सफल बनाउन पुर्याएको योग्दान सम्मान गर्दै अध्यक्ष सिटौलाले आभचार ब्यक्त गर्नुभयो ।

कार्य समिति सदस्य देवीप्रसाद संग्रौला, बृहस्पती निरौला, कृष्ण प्रसाद थापा र सिम्रन गुरागाई सहितको टिमले शिबिर व्यवस्थापन र सञ्चालनमा अहम भुमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी झापा जिल्लाका सहायक जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले आँखा जस्तो संवेदनशिल अङग लाई उपचार भन्दा पनि खानपिनका माध्यमबाट शुरक्षित राख्नु पर्ने बताउनु भयो ।
प्राविधिक सहयोग गरेको बिर्तामोड आँखा शिविरले अप्रेशन गर्नु पर्ने आँखाका विरामीलाई १० प्रतिशत छुट सहित निशुल्क बेडको व्यबस्थापन गरेको आँखा रोग विशेषज्ञ डा. विनोद दाहालले जानकारी दिनु भयो ।

समाज रुपान्तरण गर्न र विपन्नलाई स्वास्थ्यको पहुचमा पु¥याउन शिविरको आयोजना गरिएको साहरा सकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनु भयो ।
संस्थाका अध्यक्ष डिल्लिराम सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रम लाई संस्थाकी उपाध्यक्ष चित्रकला ओलीले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै शिविर ब्यवस्थापन समितिका संयोजक ओमप्रकाश विमलीले संस्थाले विपन्नको पहुचमा स्वास्थ्य पुगोस भन्ने अभिप्रायले आँखा शिविरको आयोजना गरिएको जनकारी दिनु भयो ।

संस्थाका सचिव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा वडा नम्वर २ का वडाध्यक्ष किशोर पौड्याल, स्थानीयबासी सहित संस्थाका ४ वटै बल्कका संयाजकको उपस्थिति रहेको थियो ।














