संखुवासभाको भोटखोला गाउँपालिकामा हेलिकाेप्टर दुर्घटना भएको छ। आज दिउँसो करिब १ः१० बजे सिम्रिक एयरको हेलिकाेप्टर भोटखोला – २ सिप्रङ भन्ने ठाउँमा दुर्घनाग्रस्त भएको स्थानीय डुक्पा भोटेले जानकारी दिए ।

उनले वारि डाँडाबाट सिप्रङमा हेलिकाेप्टर दुर्घटना भएको देखेको बताए। भोटखोलामा १०६१ मेगावाटको अपर अरुणको सामान ढुवानी गर्ने क्रममा हेलिकाेप्टर दुर्घटनाग्रस्त भएको हो। घटनाबारे जानकारी आए पनि पुष्टि हुन बाँकी रहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।