झापा  ।   भारतको राजस्थानमा सञ्चालित डुण्डलोड संस्थानले शिक्षामा सबैको पहुच हुनु पर्ने भन्दै नेपाल भरि शैक्षिक क्याम्पेन शुरु गरेको छ ।

राम्रो शिक्षाका साथै नैतिक शिक्षामा विद्यार्थीहरुको क्षमता अभिबृद्धी गर्ने उदेश्यले  सञ्चालन गरिएको शैक्षिक एकेडेमीले डुण्डलोड महिला विद्यालय, डुण्डलोड पब्लिक विद्यालय सञ्चालनमा ल्याएको छ ।

344139572_1905910459764435_8954147221198478769_n

झापाको बिर्तामोड स्थित किङस्बरीमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै  संस्थानका डाइरेक्टर राहुल रणवाले शिक्षाको कुनै सिमाना नहुने बताउदै , नेपालमा पनि अन्तराष्ट्रिय स्तरको शिक्षामा अभिभावकहरुको रुची बड्दै गएको बताउनु भयो ।

346106859_257810836613305_3861149107622063392_n

उहाँले डुण्डलोड संस्थाले विद्यालय लाई पहिलो घरको रुपमा विकास गरेकाले आफ्ना छोरा छारीलाई ढुक्क  भएर पठाउन आग्रह गर्नुृ भयो ।

342829759_3418360231745713_318511539197165605_n

संस्थानका डाइरेक्टर रणवाले सम्राट अशोकले पनि आफ्ना छारा छारीको शिक्षका लागि बाहिर पठाएको उल्लेख  गर्दै सबै भन्दा ठुलो धन शिक्षा भएको जिकिर गनुृ भयो ।

कार्यक्रममा बोल्दै संस्थानका सेक्रेटरी बी.एल.रणवालले  भारु ५ हजार मै एडमिशन गरिने र भाषिक  समस्याका लागि विविध अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएकाले  विद्यार्थीहरुलाई कुनै समस्या आई नपर्ने  बताउनु भयो । 

पत्रकार सम्मेलनमा आफ्नो अनुभव सुनाउदै निलम अग्रवालले  आफ्नो छारीको सामाजीक र भौतिक सुरक्षाको  प्रत्याभुति भएपछि मात्रै आफुले आफ्नो छारीको एडमिसन गराएको बताउनु भयो ।

डुण्डलोड संस्थानले नेपाल  भरि फरक शिक्षका लागि  विविध  प्रविधिमैत्री  सिकाई प्रणलीको  शुरवात गर्ने डुण्डलोड संस्थाका सेक्रेटरी रणवाले जानकारी दिनु भयो ।