चन्द्र बस्नेत । कनकाई , घटना स्थलमा पुगि प्रहरीद्वारा अनसन्धान सुरु । कनकाई २६ बैशाख २०८० झापाको सुरूङ्गा स्थित एक होटलमा २४ वर्षिय एक महिला झुन्डीएको अवस्थामा फेला परेकी छन । सुरूङ्गा बजारमा चालु अवस्थामा रहेको हाम्रो पाथिभरा होटल एण्ड लज संचालनकालागी भाडामा लिएको एक कोठामा २४ वर्षिया सीता वुढाथोकी चौधरी झुन्डिएको अवस्थामा मृत फेला परेको होटलका संचालकले बताउनुभयो ।
होटल एण्ड लज संचालनमा रहेको घरमा कोठा भाडामा लिएर विगत नौ महिनादेखी बस्दै आएकी बुढाथोकी सुरुङ्गाको झापारोड स्थित एक होटलमा काम गर्दै आएको बताइएको छ । मृतका श्रीमान रमेश चौधरी भने सोही घरमा नै रहेको होटलमै काम गर्दै आएको होटलका संचालकको भनाई छ।
गए राती १० बजेदेखी आँफूहरु सुत्ने कोठामा नभएको बताउँने श्रीमान रमेश चौधरीले विहान उज्यालो भएपछि होटलले प्रयोग गर्दै आएको खाली रहेको अर्को एक कोठामा झुन्डिएको अवस्थामा फेला पारेको बताउनुभएको छ।
अहिले विहान इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोली घटनास्थलमा आइपुगेको र थप अनुसन्धानकालागी ईलाका प्रहरी कार्यालय विर्तामोडमा जानकारी गराएको ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख मानवहादुर मिश्रले जानकारी दिनुभयो ।
विर्तामोडको प्रहरी टोली घटनास्थलमा आएपछि आवश्यक प्रक्रिया अघि बढ्ने मिश्रको भनाई रहेकोे छ।














