देव वाँस्कोटा बिर्तामोड   झापाको बिर्तामोडमा रहेको मनकामना बोडिङ स्कुलले निर्वाचन मार्फत सदन क्याप्टेन चयन गरेको छ ।

IMG_1636

मतदान कसरी गर्नु पर्छ, नेतृत्व चयनमा मतदानको किन आवश्यकता छ भन्ने जानकारी विद्यार्थीलाइ होस भन्ने उदेश्यका साथ उक्त बोर्डिङले प्रत्येक बर्ष मतदान मार्फत हाउस क्यापटेन छनोट गर्दै आएको छ ।

IMG_1653

विद्यायल छोडेर गएपछि पनि निर्वाचनका सम्बन्धमा विद्यार्थीलाइ अन्योलता नहोस भन्ने धारणाका साथ निर्वाचन प्रकृयाबाटै सदन क्याप्टेन चयन गरिएको स्कुलका प्रधानाध्यापक केशव ढुङगानाले जानकारी दिनु भयो । कक्षा ४ देखि १० सम्मका ३ सय ७५ जनाले गरेको नमूना मतदानमा ७ मत बदर भएको थियो ।

IMG_1612


नमुना मतदान शान्त, भयरहीत र सौहार्दपूर्ण वातावरणमा भएको र उत्साह जनक विद्यार्थीको सहभागिता रहेको  निर्वाचन आयुक्त माधव पौडेलले जानकारी दिनु भयो ।

IMG_1633

निर्वाचन प्रकृयाबाट ब्लु हाउसका लागि ५२ मत ल्याएर निहा गिरी निवार्चित हुनु भएको छ । रेड हाउसकी क्यापट्ेन  प्रशान्त श्रेष्ठले ४६, ग्रिन हाउसका संयोग श्रेष्ठले  ७२ मत प्रात्त गर्नु भएको थियो । 

IMG_1638

कक्षा १० का प्रविन पौड्याल स्कुल क्यापटेन र  भाइस क्यापटेनमा मौसम राजवशीं चयन भएको निर्वाचन सञ्चालन समितिका सदस्य सुजन कठेतले जानकारी दिनु भयो ।