भरत  प्रसाई , बिर्तामोड  नेपाल फोटो पत्रकार महासंघ झापाले ‘फोटो पत्रकारिता तालिम सहित बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न गरेको छ ।

महासंघको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा शनिवार आज बिर्तामोड–२ स्थित बालुवाटार रिर्सोटमा फोटो पत्रकारिता तालिमसहित अधिवेशन गरिएको हो ।

महासंघ झापाका अध्यक्ष बिनोद पाण्डेको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महत्तारा प्रसाईले क्यामराको स्विच अन गरेर गर्नु भएको थियो ।

346109116_278561977859763_3498373152849501123_n

कार्यक्रममा बोल्दै उहाँले एउटा तस्वीरले हजार वटा शब्द बोल्न सक्ने बताउदै देश र समाजको रुपान्तरणमा फोटो पत्रकारिको भुमिका अहम रहेको बताउनु भयो ।

कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघका झापा शाखाका निर्वतमानअध्यक्ष  एकराज गिरीले  फाटो पत्रकारीतामा क्यापशन लेखन अभाव देखिएको बताउदै, फाटोको भाव मर्न नदिन सोही बिषयलाई प्रष्ट पार्ने गरि क्यापसन  राख्नु पर्ने बताउनु भयो ।

अधिवेशनले नेपाल टेलिभिजनका झापा संवादाता इन्द्रजित मुखियाको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन गरेको छ ।

346103037_976994760407151_292968666428190605_n

जसमा उपाध्यक्ष  विष्णुप्रसाद लामिछाने,  सचिव  नरेश श्रेष्ठ सह सचिव भारती राई,कोषाध्यक्ष शरद जोशी र सदस्यहरुमा  विष्णु श्रेष्ठ, दिपेन्द्र कटुवाल, विगम श्रेष्ठ  र लोकेश अधिकारी चयन हुनु भएको निर्वाचन आयुक्त जानेन्द्र निरौलाले जानकारी दिनु भयो ।

स्वागत महासंघ झापा सदस्य अमित खम्बुले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, नेपाल पत्रकार महासंघ झापा शाखा अ एकराज गिरी, बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेल, नेपाल आदिबासी जनजाती पत्रकार महासंघ फोनज झापाकी अध्यक्ष भुमिका सुब्वालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

346096587_6541709902547262_5082416002711375691_n

कार्यक्रमका बिच फोटो पत्रकार महासंघ महासंघ झापा उपाध्यक्ष, नेपाल खेलकूद मञ्च झापाको अध्यक्ष इन्द्रजीत मुखिया र हिम्लुङ हिमाल आरोहण गर्ने महासंघका कोषाध्यक्ष  शरद जोशीलाई सम्मान गरिएको थियो ।

344288508_786772886072327_9120636411417725585_n

नव निर्वाचित अध्यक्षले  पदभार ग्रहण गर्दै प्रत्येक वर्ष उत्कृष्ट फाटो पत्रकार लाई  सम्मान गर्ने  बताउनु भयो ।

उहाँले अनलाइन, वेभ साइटमा नेपाल फोटो पत्रकार महासंघकका गतिविधिलाई प्रभावकारि रुपमा संकलन गरेर राखिने बताउनु भयो ।

346138377_813669016276487_9568821281935927_n

नव निर्वाचित उपाध्यक्ष लामिछानेले सञ्चालन गर्नु भएको कार्यक्रममा निर्वाचित सचिव नरेश श्रेष्ठले फाटो पत्रकारिता तालिको सहजीकरण गर्नु भएको थियो ।