ओम नारायण राजवंशी झापा  बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा जेष्ठ ६ गते देखि  प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बिर्तामोड नगरपालिकाको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो । 

बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा आयोजना गरिएको  प्रतियोगतामा आज आइतबार सम्ममा १७ वटा टिमहरुले दर्ता गराएको कार्यक्रमका संयोजक वेदप्रसाद अग्रवालले जानकारी दिनु भयो । 

_MG_1688

जेठ ७ गते समापन का दिन  चर्चित कुटुम्व ब्याण्डको प्रस्तुती रहने बिर्तामोड खेलकुद विकास समितिका अध्यक्ष विनोद गिरीले जानकारी दिनु भयो ।

उहाँले डोमालाल राजवंशीका नातीलाई  नगद  ५१ सय द्वारा सम्मान गरिने  बताउनु भयो ।

त्यस्तै प्रतियोतिका अवसरमा  राष्ट्रिय फुटवल टिमका सहायक प्रशिक्षक  प्रवेश कटुवाल, राष्ट्रिय फुटवल खेलाडी निशान खड्का र अभिषेक  बराललाई  सम्मान गरिने जानकारी दिनु भयो । 

प्रतियोगितामा प्रथम  हुनेलाई एक लाख , दास्रो  हनेलाई पचास हजार रुपैँया ट्रफि, मेडल र प्रमाण पत्र प्ररस्कार रहेका ,साथै खेलको म्यान अफ द टुनामेन्टलाई १० हजार पुरस्कार घोषणा गरिएको अध्यक्ष  गिरी बताउनु बताए ।