काठमाडौं बंगालको खाडीबाट विकसित भएको चक्रवातका कारण म्यानमार र बंगलादेशमा ठूलो क्षति पुगेको छ ।

म्यानमारमा कम्तिमा पाँच जनाको ज्यान गएको छ भने बंगलादेशमा हजारौं घरहरु ध्वस्त भएका छन् ।

तीव्र गतिको आँधीका कारण बंगलादेशको सेन्ट मार्टिन आइल्याण्डका १२ हजार घर र कोक्स बजार भन्ने स्थानमा रहेको रोहिंग्या शरणार्थी शिविरमा पनि करिब त्यति नै संख्यामा घरहरु ध्वस्त भएका बीबीसीले जनाएको छ ।