भरत प्रसाई  ।  झापाको कनकाई नगरपालिकामा निर्माण गरिएको कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले औपचारिक रुपमा ग्यास उत्पादन गर्न थालेको छ ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई सहित झापाली पत्रकार लाई स्वागत गर्दै परियोजना कार्ययोजना अध्यक्ष मिनाल तिम्सिनाले उक्त जानकारी दिनु भएको हो ।

IMG_1747

झापाका तीन नगरपालिका कनकाई, बिर्तामोड र अर्जुनधाराको फोहोर संकलन गरेर बायोग्यास र डिजेल उत्पादन गर्ने उद्देश्यले संस्था स्थापना गरिएको हो ।

कम्पनीले प्रति घण्टा १२ सय क्युबिक ग्यास उत्पादन गर्ने बायोग्सास परियोजनाका इन्जिनियर रुपक कार्कीले जानकारी दिनु भयो ।

उहाँले अन्य एलपी ग्यासको तुलनामा बायोग्यास प्रज्वनशिल हुने बताउनु भयो । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले प्रगति विवरण अध्ययन गर्दै फाहोर वर्गिकरण हुन थालेपनि निरन्तर फहोर मैलाको ब्यवस्थापन हने बताउनु भयो ।

IMG_1776

कम्पनी वाट उत्पादित वायोग्यास कनकाई नगरपालिकाको वाड नम्वर २ का ३ सय धरधुरी समक्ष पु¥याउने लक्ष्य सहित उत्पादन शुरु गरिएको कार्ययोजना अध्यक्ष तिम्सिनाले जानकारी दिनु भयो ।

उत्पादित ग्यास होटल र अस्पताल प्रयोजनका लागि उपभोग गर्न सकिने र एक सिलिण्डरमा ७ के जी भर्न सकिने इन्जिनियर कार्कीले बताउनु भयो ।