भरत  प्रसाईं  ।  बिर्तामोड नगरपालिका नगर खेलकुद समितिको आयोजनामा  यही जेष्ठ ६ गते देखि हुन गइरहेको प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता का  लागि बिटिएम मन्त्र थकालीले आफ्नो टिम सार्वजनिक गरेको छ । IMG_1817

बिर्तामोड स्थित किङ्गसबरीमा आज बिहिबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।पूर्व राष्ट्रिय खेलाडी, मेहबुब आलम पनि सोही टिम बाट खेल्ने  टिम मेनेजर रुपेश मादेनले बताउनु भयो ।

IMG_1814

सुरज खड्काको कप्तानीमा  नृत्य खडोलिया, अभ्यास तिम्सिना, रुपनारायण श्रेष्ठ ,फिर्दोस अन्सारी, दिपक काफ्ले र उमेश खरेल लगायत टिममा सहभागी रहेको ,मन्त्र थकालीका सञ्चालक उमेश खरेल जानकारी दिनु भयो ।344617743_739899077917029_7298387070585059858_n

आयोजीत पत्रकार सम्मेलनमा  बिर्तामोड वडा नम्वर ४ का वडाअध्यक्ष  राहुल शर्मा, समाज सेवी प्रकाश लिङदेन,र किङ्गसबरीका मेनेजर रुपेश गणेशले  टिमलाई  विजयको शुभकामना दिनु भएको थियो ।