चन्द्र बस्नेत , सुरुङ्गा ।  झापाको कनकाई नगरपालिकाले आर्थिक बर्ष २०८०र०८१ मा नगरलाई बालमैत्री घोषणाको तयारी गरेको छ ।

आगामी २०८०र ८१  मा  नगरलाई बालमैत्री घोषणाको तयारी गर्दै कनकाई नगरले तीन वटा वडालाई आर्थिक बर्ष २०७९र०८० मा बालमैत्री घोषणाको तयारी गरेको  हो ।

344941121_1916123295418140_6049310212502796593_n

 जनहितमा जारी

वालमैत्री घोषणा गर्ने तयारी सँगै बिज्ञ  बालस्रोत ब्यक्ति  रुद्रमणि पोख्रेल र  प्रजेश खनाल स्रोत व्यक्ति, नगरका सबै वडामा बाल क्लब गठन, वालमैत्री घोषणा गर्ने तयारीका लागि वडा–वडामा विभिन्न सचेतना मुलक तथा  अन्तरक्रिया कार्यक्रम निरन्तर भइरहेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।

नगर बालमैत्री घोषणाका लागि नगरमा बालबालिकाको मनोपरामर्श कक्ष, वडा वडामा सचेतना मुलक कार्यक्रम  निरन्तर चलाईरहेको छ।

344776099_261950183010458_637880824391558390_n

त्यस्तै बालमैत्री नगर घोषणाका लागि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल नेतृत्वको टोलीले नगरका बिभिन्न स्थानको अनुगमन, बालमैत्री नगर घोषणाका उपप्रमुख आशा शर्मा शिवाकोटीको नेतृत्वमा सूचना सिकाई केन्द्र स्थापना गरी कार्य अगाडि बढाइएको, नगरका प्रत्येक वडाध्यक्षको संयोजकत्वमा बालमैत्री वडा घोषणा गरी कार्य गरिरहेको जनाइएको छ ।

बालमैत्री नगर घोषणाका लागि नगरका सवै वडा तथा टोलमा सचेतना, अन्तरक्रिया कार्यक्रम भईरहेको  नगर  कर्मचारी बिजय पाठकले जानकारी दिए ।

बोलिमा भन्दापनि साच्चिकै वास्तविकतामा काम गरेर देखाउन सक्नु नेतृत्वकर्ताको गुढ रहेको भन्दै बाल संजाल अध्यक्ष मिश्र ले बाल संजालले बोली र घोषणा मा मात्र सिमित नरहेर साच्चिकै बानी ब्यवहारमा बालमैत्री बन्न र बनाउनका लागी काम गरिरहेको बताए ।