भरत प्रसाई । मानिसले गतिशिल जीवन जिउने क्रममा अनेक दुख र सर्घषलाई झेल्दै आएको हुन्छ । झापाको विर्तामोड ७ स्थित नदीको बगरमा कष्टकर जीवन ब्यतित गरिरहेका अति विपन्न चार परिवारलाई आज उत्सव जस्तो महसुस भएको छ ।

अमेरिकाको पेन्शल्भेनिया र ओहायो राज्यमा बसोबास गर्ने नेपालीहरुको समुह कल्याण फाउन्डेसनले गरिबको घरमा पनि चुलो बलोस भनि सहयोगार्थ रकम रु १ लाख १० हजार सहयोग प्रदान गरेको छ ।

छला खनालको नेतृत्वमा ११ जना सहयोगी हातहरुले असल कर्मको लागि यो अभियानमा साथ दिएका दिएको जनाइएको छ । पेन्शलभेनिया बस्ने पशुपती खनाल तारा क्षेष्ठ खनाल, चन्दा आर्चाय, नारायण खनाल, बेदनिधी अधिकारी, कासीनाथ अधिकारी, ददिराम अधिकारी, माधव अधिकारी, हरिमाया खनाल रहनु भएको छ ।

आफ्नो माटोबाट सयौँ कोष टाढा प्रवासमा बसेर पनि नेपालीको पिडामा कल्याण फाउन्डेसन सधै सहयोगी बन्दै आएको छ । राजकुमार सुबेदी जो बनिबुतो गरेर दुखले आफ्नो जीवन ब्यतित गर्दै आएका छन ।
न उनको एक चिम्टी माटो नै न जिवन जिउने आधार छ । आफ्नो ४ जनाको परिवार दुखले पाल्दै आएका उनलाई यो सहयोग पाउँदा उत्सब आएजस्तै महसुस भयो ।

विर्तामोड वडा नं ८ का वडाअध्यक्ष अजय कुमार कार्कीको पहलमा उनको आँगनमा खुसीयाली छायो । उनलाई खाद्यान्न सामाग्री लत्ता कपडा, ओडने ओछ्याउने स्कुल ब्याग र टिनका पाता सहयोग गरिएको थियो ।
त्यस्तै बैशाक एक गते नयाँ बर्षका दिन अध्यक्ष कार्कीको नेतृत्वमा अर्का विन्न परिवारका दलबहादुर विश्वकर्मालाई एक थान टिन, सुत्ने खाट, सहित पानीको अभाव भएपछि कलको व्यवस्था समेत गरिदिइएको थियो ।
रोजगार बिहिन विश्वकर्मालाई रोज्गार दिन ग्रेन्डर प्रदान गरिएको थियो । त्यस्तै जमिन नभएकी र अत्यन्तै वृद्ध आवस्थामा रहेकी चम्पा मुर्मुको परिवारलाई जस्तापाता, चामल, लत्ता कपडा, खाट, ओडने ओछ्याउने प्रदान गरिएको छ ।

बर्खाको समय नजिकिदै गर्दा टाउको लुकाउने ठाँउ समेत नभएको अति विपन्न चम्पा मुर्मलाई घर बनाउन सहजीकरण गर्ने वडाध्यक्ष कार्कीको स्थानयिले प्रशंसा गरेका थिए ।
त्यस्तै अर्का विपन्न र गरिब राफल सोरेनलाई चामल लगायत अन्य विभिन्न सामाग्री वितरण गरिएको थियो र । एक औपचारिक कार्यक्रमका विच सामाग्री हस्तान्तरण गर्दै वडाध्यक्ष कार्कीले परदेशमा बसेर पनि आफ्नो माटो लाइ प्रेम गर्ने कल्याण फाउन्डेसन लाई धन्यवाद ज्ञापन गर्नुभयो ।

निचाझोडा सामुदायीक बनका बद्री प्याकुरेलका अध्यक्षतामासम्पन्न औपचारिक कार्यक्रममा वडा नं ७ का वडा सदस्यहरु भरत घिमिरे, धनपति चौलागाई, नारायण दाहाल, रेजु हस्ता, रमेश कार्की लगायत स्थानीय जेष्ठ नागरिक बिष्णुलाल खड्काको उपस्थिती रहेको थियो ।














