देव बाँस्कोटा   पाँचथरको याङवरक गाउँपालिका कोशी प्रदेशकै पहिलो पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।

बालबालिकालाई जन्मेदेखि ५ वर्ष भित्र दिइने सबै खोपको मात्रा पुरा गरेको यो  पालिकालाई शनिवार १०.३० बजे पुर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

गाउँपालिकालाई जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले ‘पुर्ण खोप सुनिश्चित’ भएको प्रमाण पत्र उपलब्ध गराएको थियो ।

१६ हजार ८ सय २१ जनसंख्या रहेको यो गाउँपालिकामा जन्मेदेखि ५ वर्ष मुनीका बालबालिकाको संख्या १ हजार १ सय ९२ छ ।

ती मध्ये जन्मेदेखि १५ महिना मुनीका ३ सय ४२ र १६ देखि ५ वर्ष मुनीका बालबालिकाको संख्या ८ सय ५० रहेको गाउँपालिकाको तथ्यांकमा उल्लेख छ ।

जन्मेदेखि ५ वर्ष मुनीका सबै बालबालिकालाई खोपको मात्रा पुरा गरेसँगै यो गाउँपालिकालाई जिल्ला खोप समन्वय समिति पाँचथरले ‘पुर्ण खोप सुनिश्चित गाउँ पालिका’ घोषणा गर्ने निर्णय गरेको थियो ।

सोहि निर्णय अनुसार याङवरकलाई हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीको प्रमूख आतिथ्यमा विहान साढे दश वजे पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएकोे । 

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधिसँगै जनप्रतिनिधि,सञ्चारकर्मी,गाउँपालिकाको स्वास्थ्य शाखा तथा विषयगत समितिका प्रमूख र प्रतिनिधि सहभागि थिए ।