ओम नारायण राजवंशी, झापा। झापाको बिर्तामोडमा विकास पत्रकारिता सम्बन्धी एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

झापाका महिला सञ्चारकर्मीहरुको संयुक्त संगठन नारी सञ्चार गृह झापा तथा विर्तामोड नगरपालिकाको सहयोगमा उक्त गोष्ठीको आयोजना गरिएको हो ।
गोष्ठीमा महिला तथा पुरुष गरि ३५ जना सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

अग्रज पत्रकार केदार शर्माको सहजीकरणमा अायाेजित कार्यक्रम विर्तामोडको आदर्श स्कुल अफ होटल मेनेजमेन्टको सभाहलमा सम्पन्न गरिएको थियो।
नारी सञ्चार गृहकी सहसचिव ज्योत्सना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमका सहभागीहरुलाई उपाध्यक्ष लीला अनमोलले स्वागत गरेकी थिइन् ।

नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र प्रशाद संग्रौला, बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई लगायतले कार्यशाला गोष्ठीको सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका उपप्रमुख संग्रौलाले यस्ता सिपमुलक कार्यक्रमको आयोजनाले सञ्चारकर्मी लगायत पाठकदर्शकहरुले पत्रकारिता सम्बन्धि नयाँ ज्ञान आर्जन गर्न सक्छने बताउदै तालिमकाे अायाेजना गरेकाेमा नारी सञ्चार गृहकी प्रति अाभार ब्यत्त गरेका िथए ।














