देव वाँस्कोटा बिर्तामोड ।  केवीआर क्रिएशन ग्रुप झापाले समाज रुपान्तरणमा साहित्यको भुमिका विषयक एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

झापाको बिर्तामोड ४ मा केन्द्रिय कार्यलय रहेको उर्जाशिल युवाहरुको समुहले २०७९ साल भदौ १०  संस्था स्थापना गरेको हो ।

IMG_2007

कला र साहित्यमा रुपान्तरीत सृृर्जना भन्ने  मुल नाराका साथ फरक पृष्ठभुमिका  प्रतिभालाई गोलबद्ध गराउने अभियान स्वरुप संस्थाका स्थापना गरिएको केवीआर क्रिएशन ग्रुपका परिकल्पनाकार तथा सञ्चारकर्मी भरत भाबुक प्रसाईले जानकारी दिनु भयो । 

संस्थाकी अध्यक्ष जिना अधिकारी को अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमा प्रभावकारी कविता लेखन, प्रस्तुतीकरणका विषयमा छलफल गरिएको थियो । 

कार्यक्रमा झापाका विभिन्न जिल्ला बाट आउनु भएका  कवि कवियात्रीले रचना बाचन गर्नुभएको थियो  ।

1

सम्पन्न कार्यसमितिको बैठकले साहित्यक पत्रिका प्रकाशन एवं अन्तर ग्रामिणस्तरीय विविध कार्यक्रम सञ्चालन गर्न परिकल्पनाकार प्रसाईको संयोजकत्वमा ३ सदस्य कार्यसमिति गठन गरेको छ ।

जसमा ग्रुपकी अध्यक्ष जिना अधिकारी, प्रेससंयोजक  द्धय दिपेन विशवकर्मा र देव बास्कोटा रहनु भएको छ । सस्थाकी सदस्यहरु सुजता राई, हरिता दाहाल, मुना काफ्ले, ओमनारायण राजवंशी,जिना अधिकारी ,इन्दिरा राई, सृर्जना बुढाथाकी लगायतले विभिन्न छन्द र रसका रचना बाचन गरेको थिए ।