देव वाँस्कोटा ,बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वार मेघराज बाँस्तोलाले उपभोक्ता संस्थाको विधानमा उल्लेख गरिए अनुरुप आफुले उम्मेद्वारी दिएको बताउनु भयो । 

बिर्तामोड स्थित होटल विनायकमा आयोजीत पत्रकार सम्मेलनमा बाँस्तोलाले उपभोक्ता संस्थाको  विधान २०५१ र संसदीय विधान २०७१ मा निजामती कर्मचारीले उम्मेद्वारी दिन  पाउने अधिकार स्पष्ट उल्लेख गरिएको बताउनु भयो ।

  उहाँले  केहि मिडियाले झुटो समाचार सम्प्रेषण गररे उपभोक्तालाई भ्रममा पार्ने खोजिएकाले भ्रम चिर्नका लागि पत्रकार सम्मेलनको आयोजना गरिएको बताउनु भयो ।

उहाँले आफु निजामति कर्मचारी भएपनि  सन्तुलित रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्षम रहेको बताउनु भयो । 

उहाँले आर्थिक लाभ वा कुनै सुविधा नलिने कार्यलयको काममा बाधा नपर्ने र स्थानिय  तहको अहित नहुने गरि आफ्नो गैर राजनितिक प्रकृतिको सामाजिक संस्थामा आबद्ध हुन पाउने  खण्ड ७ संख्या

 १ को कोशी प्रदेश राजपत्र भाग १ मा उल्लेख गरिएको जानकारी दिनु भयो ।