काठमाडौँ । गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै चेन्नाइ सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । यो जित संगै चेन्नाइको उपाधी संख्या पाँच पुगेको हो । download (4) 3

२१५ रनको लक्ष्य पछ्याएको चेन्नाइले सुरुवाती ३ बलमा चार रन बनाएको अवस्थामा पानीले खेल रोकिएको थियो ।download (2) 2

पानी रोकिएपछि चेन्नाइले १५ ओभरमा १७१ रनको लक्ष्य पायो । राम्रो सुरुवात गरेर पनि एकपछि अर्को विकेट गुमाएको उसका लागि अन्तिम दुई बलमा १० रन चाहिएको थियो । पहिलो बलमा छक्का हानेका रवीन्द्र जडेजाले अर्को बलमा चौका हानेर टिमलाई जिताएका थिए । download (3) 3

अघिल्लो वर्षको आईपीएल फाइनल विजेता गुजरातको कप्तानी  भारतिय अलराउन्डर हार्दिक पाण्डियाले गरेका हुन भने विजेता टिमको प्रतिनिधित्व भारतिय टिमका पूर्व कप्तान  महेन्द्र सिंह धोनीले गरेका थिए । उनलाई क्रिकेट जगतकै एक सफल कप्तान पनि मानिन्छ । images (1)

 यसअघि गुजराजले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो ।