दिपेन विश्वकर्मा ,बिर्तामोड  ।  झापाको बिर्तामोडमा रहेको एम्इटी एजुकेसन फाउन्डेसनले  कक्षा १२ का विद्यार्थीको बिदाइ  गरेको छ । 

सोमबार बिर्तामोडको पाथीभरा सिने प्लाजाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि कलेजले विद्यार्थीहरुको बिदाई गरेको हो । 

फाउन्डेसनका संस्थापक प्रधानाध्यापक आर एस ढकालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तिहरूको सहभागीता रहेको थियो ।कार्यक्रममा सुभकामना मन्तव्य राख्दै विद्यालयका शिक्षकहरुले एम्इटी झापाकै एउटा अध्ययन अध्यापन क्षेत्रको ब्रान्ड बनाउने कुरामा जोडदिएका छन् ।  

विद्यालयका कोअर्डिनेटर बिनोद साहले सब्दिक स्वागत गरेको कार्यक्रममा १०० भन्दा विद्यार्थीको उपस्थिति रहेको थियोे । 

यस्तै कार्यक्रममा बोल्दै प्रधानध्यापक ढकालले विद्यार्थीहरु उच्च शिक्षाका लागि जहाँ पुगे पनि विद्यालय जीवनको शैक्षिक प्रगति सधैं स्मरणीय रहने साथै विद्यार्थीलाई उन्नति प्रगतिको सुभकामना व्यक्त गरे । 

 विभिन्न किसिमका गित नृत्य प्रस्तुत गरिएको कार्यक्रमको संचालन फाउन्डेसनका शिक्षक बाल कृष्ण दाहालले गरेका थिए । 

वि.स.२०५६ सालमा स्थापना भएको क्याम्पसले प्लसटु अन्तर्गत म्यानेजमेन्ट  ,कम्युटर साइन्स  , होटल म्यानेजमेन्ट  लगायतका बिषय अध्यापन गराउदै आइरहेको छ ।