भरत प्रसाई , बिर्तामोड। झापाको बिर्तामोडमा मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

कोशी प्रदेश अन्तरगत झापाको बिर्तामोडमा जेठ २७ र २८ गते राष्ट्रिय कराते प्रतियोगिता हुन लागेको हो ।मदन भण्डारी स्पोट्र्स एकेडेमीका केन्द्रीय उपाध्यक्ष ता कोशी इन्चार्ज तुलसी मैनालीले पुरुष महिलाका  विभिन्न तौल समूहमा खेलाइने प्रतियोगितामा १९ वटा इभेन्ट समावेश गरिएको जानकारी दिनु भयो ।

खेलमा युवाको सहभागिता भन्ने मुल नाराको साथ २०१० सालमा मदन भण्डारी स्पोट्र्स एकेडेमीको स्थापना गरिएको थियो ।

349812801_269610928769506_2507141301824899792_n 1

एकेडेमीले यस भन्दा पहिला  लुम्बिनी, बाग्मती,कर्णाली लगायत प्रदेशहरुमा विभिन्न खेलकद प्रतितयोगिताको आयोजना गरिसकेको छ । प्रतियोगिताको उत्कृष्ट प्रत्येक इभेन्टका खलाडीहरलाई नगद सहित पुरुस्कारको ब्यवस्था गरिएको छ ।

  प्रथम रु १० हजार, दोस्रो  ७ हजार र तेस्रो ४ हजार नगद सहित मेडल उत्कृष्ट प्रत्येक इभेन्टका खेलाडीलाइै प्दान गरिने एकेडेमीका केन्द्रीय उपाध्यक्ष मैनालीले जानकारी दिनु भयो ।

खेलले युवालाई अनुशासित बनाउने बताउदै कुलतमा फस्न नदिने भएकाले समाजमा यस किसिमका प्रतियोगिता आवश्यक रहेको मदन भण्डारी स्पोट्र्स एकेडेमीका झापा जिल्ला अध्यक्ष  हरिचरण शिवाकोटीले बताउनु भयो । 

 सभामुख देवराज घिमिरेले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको एकेडेमीका झापा जिल्ला अध्यक्ष शिवाकोटीले जानकारी दिनु भयो ।

अनुमानित २० लाख लागतमा सम्पन्न गर्न लागिएको कराते  प्रतियोगितामा सात प्रदेश र आयोजक टीम गरी आठ टीम सहभागी हुने छन् । 

प्रतियोगितामा खेलाडी र अफिसियल गरी २०० भन्दा बढीको सहभागिता रहने आयोकले जनाएको छ ।