ओम नारायण राजवंशी झापा । अत्यधिक गर्मी बढेकोेले झापाका केहि स्थानीय तहले विद्यालय पठनपाठन बन्द गर्ने जानकारी सार्वजनिक गरेका छन् । बिर्तामोड नगरपालिकाले तीन दिन, मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयहरुको पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन् ।
बिर्तामोड नगरपालिकाले आजदेखि जेठ २१ गतेसम्म तीन दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । गर्मीले पठनपाठनमा अवरोध भएकाले बर्खे तथा जाडो बिदाबाट बिदा कट्टा हुने गरी सबै शैक्षिक संस्थाहरु बन्द गराउन बिर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा उपसचिव तिलचन भण्डारीले सुचना मार्फत नगर भित्रका सम्पुर्ण विद्यालयहरुलाई निर्देशन दिएका हुन् ।
यसैगरी मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पनि गर्मीकै कारण पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।














