बिर्तामोड, । बिर्तामोड ९ झापा जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघको संयुक्त आयोजनामा बिर्तामोडमा झापाली सञ्चारकर्मीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
सहकारीको विद्यमान अवस्था, समस्या तथा चुनौतीहरुको पहिचन र न्युनिकरण सम्वन्धी विषयमा यी दुई संस्थाले सञ्चारकर्र्मीसँग छलफल गरेका हुन् ।
बढ्दो संकटका बीच पनि सहकारी संस्थाहरुले सदस्यलाई वित्तीय सेवा दिइरहेका छन् जुन सहकारी संस्थाका सन्दर्भमा चुनौती रहेको छ। जिल्ला संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपस्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारी लगायतले मन्तव्य राखेका थिए । त्यसैगरि कार्यक्रममा झापा जिल्ला सहकारी संघका तर्फबाट अर्जुन दंगाल र बचत तथा ऋण सहकारी सङ्घका तर्फबाट कमलकुमार घिमिरेले आफ्नो प्रस्तुति राखेका थिए ।
९ झापा जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघको संयुक्त आयोजनामा बिर्तामोडमा झापाली सञ्चारकर्मीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
सहकारीको विद्यमान अवस्था, समस्या तथा चुनौतीहरुको पहिचन र न्युनिकरण सम्वन्धी विषयमा यी दुई संस्थाले सञ्चारकर्र्मीसँग छलफल गरेका हुन् ।
बढ्दो संकटका बीच पनि सहकारी संस्थाहरुले सदस्यलाई वित्तीय सेवा दिइरहेका छन् जुन सहकारी संस्थाका सन्दर्भमा चुनौती रहेको छ।
जिल्ला संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा नेपस्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
त्यसैगरि कार्यक्रममा झापा जिल्ला सहकारी संघका तर्फबाट अर्जुन दंगाल र बचत तथा ऋण सहकारी सङ्घका तर्फबाट कमलकुमार घिमिरेले आफ्नो प्रस्तुति राखेका थिए ।














