बिर्तामोड नगरपालिका वडा नं ७ र मेची महाकाली बहारी संयुक्तआवाजको  आयोजनामा पाँच दिवशीय अचार बनाउने तालिम उदघाटन गरिएको छ । 

wwwwwww

तालिम जेष्ठ २१ बाट शुरु भई जेष्ठ २५ गते समापन हुनेछ । मेचीमहाकाली बुहारी संयुक्त आवाज झापा जिल्लाकी अध्यक्ष सिखा खड्काको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख प्रबित्रा महतरा प्रसाईले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

yyyy

बिर्तामोड नगरपालिकाका बिभिन्न वडाहरुमा उद्यमशिल्ताका कामहरु जस्तै ढाका बुन्ने, अचार बनाउने, खोसलाको समानहरुबाट फुलहरु बनाउने कामहरु ब्यावसायिक रुपमा सञ्चालन गर्दा महिलाहरु स्वरोजगार भएर आफै केही गर्न सक्ने बिर्तामोड नगरपालिकाकी नगर प्रमुख प्रबित्रा महतरा प्रसाईले बताउनुभयो । 


d

उहाँले सिकेको सपलाई हामीले खेर जान दिनु हुदैन सिकेपछि केही गर्न सक्छु भन्ने लक्ष्कासाथ सिक्नुपर्छ भन्ने कुरालाई जोड दिनुभयो । 

मेचीमहाकाली बुहारी संयुक्त आवाज झापा जिल्लाकी केन्द्रिय उपाध्यक्ष चन्द्रा काफ्लेले बुहारीहरुलाई दक्ष बनाउन यस्ता कार्यक्रमहरुको आयोजना गरिरहने बताउनुभयो । 

123

अचार बनाउने तालिममा कोही प्रशिक्षक, कोही राम्रो ट्रेनर, बनेर निस्कनुहोस भनेर सबैलाई शुभकामना दिनुभयो । 

उहाँले बुहारीहरुले बनाएको अचार देशमा मात्र सिमित नरहेर विदेशसम्म निर्यात गर्ने कुरालाई जोड दिनुभयो ।  

बिर्तामोड नगरपालिका वडा नं ७ का वडाध्यक्ष अबिरल कृष्ण खरेलले सबै बुहारीहरुलाई सक्रियतापूर्वक लागेर अचार बनाउने सिपलाई स्वरोजगारमुलक सिप बनाउन सक्नुहुनेछ भन्ने कुरा प्रस्ट्याउनुभयो । उहाँले बुहारीहरुलाई राम्रो अचार बनाउनका लागि पनि उत्प्रेरणा दिनुभयो ।

jjjjjj

कार्यक्रम सञ्चालन मेचीमहाकाली बुहारी संयुक्त आवाज झापा जिल्लाकी  उपाध्यक्ष गंगा भट्राईले गर्नुभएको थियो ।