काठमाडौं । विश्वको तापमान असमान्य ढंगले वृद्धि भइरहेको अवस्थामा विश्वभर पृथ्वीको वातावरणलाई लिएर बहस सुरु भएको धेरै बर्ष वितिसक्यो ।
यही सन्द्धर्भमा हरेक बर्ष जुन ५ का दिन मनाइने विश्व वातावरण दिवसको महत्व झनै चुलिएको छ । यस बर्षका लागि प्लाष्टिक प्रदूषणविरुद्ध लागौं भन्ने नाराका साथ यो दिवस मनाइदैछ ।
सन् १९७२ को जुन १८ मा संयुक्त राष्ट्र संघले विश्व वातावरण सम्मेलनको आयोजना गरी वातावरण संरक्षणका हेतु विश्वभर जनचेतना जगाउन वातावरण दिवसको आवश्यकता बोध गरेको थियो ।














