ओम नारायण राजवंशी, बिर्तामोड । बिर्तामोड नगरपालिकाले गएको केहि हप्ता देखि अदुवा खोला सरसफाई अभियान सञ्चालन गरिरहेको छ । बिर्तामोड  नगरपालिका विभिन्न वडा भएर वग्ने अदुवा खोलालाई स्वच्छ राख्ने प्रयोजना साथ नगरपालिकाले १५ लाख बिनियोजन  गरि  सरसफाई लाई तिब्रता दिएको हो ।

5

बिर्तामोड नगरपालिकाले वडा नम्वर १, ५, ४ हुदै ३ नम्वर वडा भएर वग्ने अदुवा खोला क्षेत्रको सफाईमा सम्पन्न गरिसकेको छ । स्वच्छ नगरको परिकल्पना सहित अगाडी बढेको बिर्तामोड नगरपालिकाले खोला र ताल क्षेत्रलाई हरित क्षेत्रको रुपमा  बिकास गराउन विभिन्न कार्यक्रम अगाडी ल्याउन लागिएको वडा नम्वर ३ का  वडाध्यक्ष मदन बुढाथोकीले जानकारी दिनु भयो  ।

BTM-02-768x512

पक्कै पनि बिर्तामोड शहरीकरण संगै प्रदुषण र फाहोरमा जक्डिदै गएको देखिन्छ । स्थानिय सरकारको दायित्व र जवाफदेहीता अनुरुप चलाएको अभियान प्रशंसनीय छ ।   

2
वडा नम्वर ३ बिर्ताबजार घर भएका स्थानीयवासी खगेन्द्र संग्रौला आफ्ना वडाका वडाध्यक्ष बुढाथोकीको  प्रशंसा गदै अभियानले निरन्तर्ता पाउनेमा आशावादी रहेको बताउनु हुन्छ ।  

3

साँघुरिएको खोला लाई गहिरो र सफा बनाउनु बाक्लिएको बिर्तामोडको  शहरीकरणको हकमा एकदम आवश्यक छ । यसमा सबैको ध्यान जानु जरुरी रहेको छ ।