देव वाँस्कोटा बिर्तामोड । न्यूटन्स बाल क्लबले ५० औं विश्व वातावरण दिवसको अवसर पारेर बिर्तामोडमा साइकल ¥याली सम्पन्न गरेको छ । बालबालिकाले सचेतनामूलक साइकल ¥याली तथा कोणसभा गर्दै बाताबरण मैत्री बन्न आग्रह गरेका हुन ।

बिर्तामोड नगरपालिकालाई सुन्दर,सफा, स्वच्छ, हरियाली र प्लाष्टिकमुक्त क्षेत्र बनाउन न्यूटन्स बाल क्लबको आह्वानमा ¥याली मुक्तिचौक, बिर्ताबजार, सैनिकमोड, आँखा अस्पताल हुँदै नगरपालिकाको प्रांगणमा कोणसभामा परिणत भएको थियो ।
बिर्तामोड परिक्रमापश्चात बिर्तामोड नगरपालिकाको कार्यालय अगाडि प्ले कार्डसहित उपस्थित भएका बालबालिकाले नगर उप (प्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई ब्यानर हस्तान्तरण गरेका थिए ।
क्लबका सचिव संस्कार भट्टराईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले विश्व वातावरण दिवसको महत्वका बारेमा प्रकाश पारेका थिए ।

बाल क्लबका फोकल पर्सन मिनु शिवाकोटीले संचालन गरेको कार्यक्रममा प्रधानाध्यापक देवेन्द्र हुमागाईंले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा बिर्तामोड आँखा अस्पतालका बिनोद दाहाल, नगरपालिका पूर्व कर्मचारी देवराज कार्र्कीसहित कक्षा ७ देखि १० सम्मका विद्यार्थीको सहभागिता रहेको थियो ।














