भरत, प्रसाई झापा। लोपन्मुख मेचे संस्कृतीलाई संरक्षण गर्ने हेतुले निर्माण गरिएको विक्रम देवा नामक नेपालकै पहिलो मेचे चलचित्रको छायाङ्कन अन्तिम चरणमा पुगेको छ । 

_MG_0038नेपाल भरिमै झापामा मात्र पाइने मेचे समुदायको संस्कृतीलाई उजागर गर्ने उदेश्यले निमार्ण गरिएको चलचित्रको  ९९ प्रतिशत छायाङ्कन सकिएको निर्देशक कुमार केसीले जानकारी दिनु भयो । झापा भरि ५१ सय मेच परिवारको भेषभुषा, संस्कृतीलाई नेपालले पहचान गरोस भन्ने उदेश्यले चलचित्रको निर्माण गरिएको निर्माता अर्जुन मेचेले जानकारी दिनु भयो । 

_MG_0046

कमल राईले चलचित्रका लागि अन्तिम नृत्यको निर्देशन गरिरहनु भएको स्थल झिल सालबारीमा आयोजीत पत्रकार सम्मेलनमा  निर्माण  टिमले छायाङ्कन सकिएर सम्पादनका लागि तयार भएको जानकानरी दिएको हो  । १  करोड ५० लाखमा निर्माण सम्पन्न गर्न लागिएको  चलिचित्रले मेचे समुदायको पहिचान लाई नेपाल भरि परिचित गराउन मद्धत पुग्ने चलचित्रका अर्का निर्माता सुर्यबहादुर बस्नेतले जानकारी दिनु भयो ।

_MG_0050

झापाका विभिन्न स्थानका छायाङ्कन गरिएको  चलचित्रमा ३ वटा गित  समावेश गरिएको छ । जसलाई गायक दिपक लिम्बु र मेलिना राईले आवाज दिएका छन् ।  चलचित्रमा नायकको रुपमा  राष्ट्रिय कलाकार सुवास मेचे, सुनिल थापा  लगायत स्थानिय कलाकार प्रताप मेचे, र  भावना खपाङ्गीको  अभिनय रहेको छ । चलचित्रको छायाङ्कन विक्रम केसी र द्धन्द सन्तोश भुजेलले गर्नु भएको थियो ।