काठमाडौं । यसपालिको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ । तर, कहिलेकाहीँ एक दुई दिन अघि वा पछि पनि हुन सक्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार “यसपालिको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपग्ने उहाँले बताउनु भयो ।

अहिले भारतको केरलाको आकाशमा बादलहरू निर्माण भइरहेको उहाँको भनाइ छ । मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो ।

सामान्यतया भारतको केरलामा जुन १ मा मनसुनी वायु देखापर्दा नेपालमा जुन १३ मा मनसुनी वायु भित्रने गथ्र्यो । मनसुन वायु नेपाल कति चाँडै आउँछ भन्ने कुरा वायुको वेगसँग पनि निर्भर रहने लामिछानेको भनाइ छ ।

झापाबाट प्रवेश गरेको मनसुन देशैभर फैलन कम्तिमा पाँच दिन लाग्ने मौसमविद् लामिछानेले बताउनु भयो ।

भारतको केरला आइपुगेको मनसुनी वायु बङ्गालको खाडीमा पुग्छ ।

त्यसपछि उत्तरपूर्व हुँदै नेपालको पूर्वी जिल्ला झापाबाट नेपालमा मनसुन भित्रने उहाँको भनाइ छ ।

गतवर्ष नेपालमा जुन ५ मा मनसुनी वायु प्रवेश गरिसकेको थियो । सन् २०२१ मा जुन ११ मा मनसुनी वायु नेपाल प्रवेश गरेको थियो ।