देव बाँस्कोटा, ईलाम । सुर्योदय नगर उद्योग  वाणिज्य  संघ तथा  सुर्योदय नगरपालिकाको आर्थिक सहयोगमा १ दिने वृत्ति परार्मश तथा रोजगार मेला आयोजना हुने भएको छ ।

नेपाल सरकार र स्वीजरल्याण्ड सरकार बीच द्धिपक्षीय सम्झौता भई संञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना  इन्सोयर अन्तर्गत मेलाको आयोजना गरिएको आज पत्रकार सम्मेलनको आयोजना गर्दै सुर्योदय नगरपालिकाले जनाएको छ ।

IMG_0289युवारुलाई आफ्नो क्षमता अनुसारको पेशा छनोट कसरी गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउन रोजगारको महत्व के छ ? सिप मुलक तालिम छनोटले कसरी ब्यक्तिगत जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने  शिक्षा परार्मश तथा रोजगार मेलाबाट हाँसिल गर्न सकिने सुर्योदय नगरपालिकाका उप प्रमुख दुर्गा कुमार बरालले जानकारी दिनु भयो ।

उहाँले युवा शक्ति लाई पलायन हुनबाट राक्ने उदेश्यले रोजगार मेलाको आयोजना गरिएको जानकारी दिनु भयो ।

यही जेष्ठ ३२ गते सुर्योदय नगरपालिकाका ८ स्थित नोरयाङ होटल एण्ड रेष्टुरेन्टको प्राङगणमा आयोजना हुन लागेको वृत्ति परार्मश तथा रोजगार मेलाले युवामा रोजगारी प्रति अभिप्रेरणा जगाउँदै वृत्ति विकास सम्बन्धी परामर्श सेवा प्रदान गर्ने सुर्योदय नगरपालिकाका शिक्षा शाखा प्रमुख नवीन राज पौडेलले जानकारी दिनु भयो ।

suryodaya-nagarpalika

उहाँले राजगारदाँता र बेराजगारी युवालाई भेटाउने मात्र नभएर सिप नभएका युवाहरुलाई सिपमुलक तालिम प्रदान गरिने ब्यवस्था मिलाइएको बताउनु भयो ।

सुर्योदय नगरपालिकाले नगरपालिका भित्र रहेका २० जना वेरोजगारी युवाहरुलाई निशुल्क १ महिने कुक तालमको आयोजना गरि सिपयुक्त जनशक्ती उत्पादनमा लागेको शिक्षा शाखा प्रमुख पौडेलले जानकारी दिनु भयो ।

कृषि जन्य उत्पादन लाई प्रचार गर्न , रोजगारी अवसरको सृृर्जना गर्न, थालिदै  गएको अर्थतन्त्रलाई उकास्न परार्मश तथा रोजगार मेलाले महत्वपूर्ण सहयोग पुग्ने सुर्योदय  नगर उद्योग  वाणिज्य संघका अध्यक्ष प्रमोद राईले जानकारी दिनु भयो ।

IMG_0299

२० वटा इस्टल राखिएको मेला करिव ५ लाख लगानीमा सम्पन्न गर्न लागिएको सुर्योदय नगर उद्योग  वाणिज्य  संघका  अध्यक्ष राईले जानकार दिनु भयो । मेलामा करिव १ हजार भन्दा बढी राेजगार दाता र  युवाहरको सहभागिता रहने सुर्योदय नगरपालिकाले जनाएको छ ।