भरत प्रसाई । बिर्तामोड,  वातावरण संरक्षण  तथा  फाहोर मैला व्यवस्थापका  लागि  स्थापर्नाथ  हेल्प  नेपालले बिर्तामोड नगरपालिका वडा नम्वर ५ रहेको आफ्नो कार्यालयको औपचारिक उद्धाटन गरेको छ ।

IMG_0313

हरीत नगरको परिकल्पना , स्वच्छ जीवनको आधार, स्वच्छ वातावरण नैसगिंक अधिकार भन्ने मुल नाराका साथ विश्व वातावरण दिवसको अवसरमा २०८० साल जेष्ठ २२ गते संस्थाको स्थापना गरिएको हो ।

बिर्तामोड नगरपालिका का नगरप्रमुख पवित्रा महत्तरा प्रसाईले व्यानर पढेर कार्यक्रमको उद्धाटन् गर्नु भएको  थियो ।

IMG_0299 1

कार्यक्रमको पहिलो चरणमा बिर्तामोड मुत्ति चोककोको चारै कुनालाई लक्षित गरि विभिन्न संन्देश लेखिएका १६ वटा डस्वीन राखिएको हेल्प नेपालका अध्यक्ष बद्रीप्रसाद भट्टराईले जानकारी दिनु भयो ।

भट्टराईले  अन्दुवा खोलाको संरक्षण, नियमित सरसफाई, वृक्षरोपण लगायत जनमुदायमा वातावरणीय न्याय सम्बन्धी हक प्रात्तिका विभिन्न अभियान सञ्चालन नै संस्थाको  प्रमुख उदेश्य  रहेका बताउनु भयो ।

IMG_0295

कार्यक्रमका विशिष्ट अतिथी तथा अजुर्नधारा नगरपालिकाकी उप प्रमुख रुद्रमाया पराजुली र बिर्तामोड नगरपालिका की नगर प्रमुख प्रसाईले कुहिने र नकुहिने फोहोरलाई  वर्गिकरण गर्दै नमुना अभ्यास सहित फाहोर मैला व्यवस्थापन प्रक्रियाका बारेमा प्रकाश पार्नु भएको थियो ।

संस्थाले अन्दुवा खोलाको एकीकृत व्यवस्थापनको निम्ति गुरु योजना तयार गरि  सौन्दर्यीकरण गर्ने अभियान अगाडी सारेको हेल्प नेपालका अध्यक्ष  भट्टराईले बताउनु भयो ।

हेल्प नेपालले आफ्नो पहिलो कार्यक्रम अन्र्तगत बिर्तामोड मुक्तिचोक आसपासमा रहेका फाहोरो मैला संकलन गर्दै फाहोरलाई कसरी वर्गिकरण गर्न सकिन्छ भनि स्थानीय व्यवसायीहरु समक्ष नमुना अभ्यास सम्पन्न समेत गरेको छ ।