ताप्लेजुङ । वर्षाका कारण आएको बाढीले ताप्लेजुङ तावाखोलाको मोटरेबल पुल बगायो ।  सिरिजंगाको खेवाङ र सिदिङ्वाको मेहेल जोड्ने उक्त पुल एक महिना अघिदेखि मात्रै सञ्चालनमा हो । 

1 2

अबिरल वर्षाबाटै प्रभावित भएर सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमका विद्यालय बिहीबार देखि नै सुचना जारि गरि बन्द गरिएका छन् । निरन्तर वर्षा भइरहेकाले जनजीवन त्रसित बनेको खेवाङका शिक्षक विनम माबोले बताए ।बाढीले सिरीजङ्घा गाउँपालिका–८ याम्फुदिनमा दुई वटा जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ । स्थानीय पेम्बा शेर्पाका अनुसार आठ किलोवाट क्षमताको जलविद्युत्को पावर हाउस बाढीले बगाएको छ भने अर्को १५ किलोवाटको पाइप पनि बगाएको छ ।

मुसलधारे वर्षा तथा बाढी पहिरोकै कारण ताप्लेजुङका २९ घरपरिवार उच्च जोखिममा रहेका छन् । याम्फुदीन प्रहरीचौकीका अनुसार निरन्तर वर्षाका करण १४ घर परिवार उच्च जोखिममा रहेका छन् । प्रहरीका अनुसार कालेली खोला अहिले गाउँमा छिरेको छ । खोला गाउँमा छिरेपछि गाउँनै जोखिममा परेको याम्फुदीन प्रहरीचौकी इञ्चार्ज प्रहरी हवलदार विनोद उरावले बताए । उनले भने, ुअहिले हामी नै जोखिममा छौँ । प्रहरीचौकी, वडा कार्यालय, विद्यालय, स्वास्थ्यचौकीसमेत उच्च जोखिममा परेको छ । स्थानीय आफ्नो घर छोडेर सुरक्षित स्थानमा जाने क्रममा छन् ।

2 1

सिदिङ्वा गाउँपालिका–७ सुरुङखिम क्षेत्रमा बुधबार साँझदेखि निरन्तर वर्ष भइरहेको सिदिङवा गाउँपालिका–७ का लक्ष्मण तामाङले बताए । उनका अनुसार खोला खोल्सा तर्न नसकिने अवस्था भएको छ । एक घरदेखि अर्को घर जानसमेत सम्भव नभएको वडाध्यक्ष तामाङले बताए । 

 बाटो सबै अवरुद्ध भएसँगै गाउँदेखि सदरमुकाम फुङ्लिङ, झापा, धरानलगायत विभिन्न क्षेत्रमा गुड्ने गाडी गाउँमै रोकिएको सिदिङवा गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताइ । उनका अनुसार गत सातामात्र उद्घाटन गरेको तावा खोलामा निर्माण गरेको मोटरेवल पुलको एक साइटको पिलर बगाएसँगै यातायातका साधन आवतजावतमा ठप्प भएको छ । धेरै क्षेत्रमा अलैँची बगानसमेत क्षति पुगेको छ । बालबालिका विद्यालयसम्म आउने बाटो भत्किएपछि विद्यालयले प्रशासनले सूचना निकालेर विद्यालय बन्द गरेको हो ।

सिदिङवा गाउँपालिका अध्यक्ष मानबहादुर राई सडक अवरुद्ध र खोला बढेपछि झापाको विर्तामोड र ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने दुईवटा यात्रुवाहक जिप रोकिएको बताउँछन् । अब वर्षा रोकिएर खोला नघटेसम्म ती गाडी गाउँकबाट निकाल्ने उपाय नभएको राईले बताए । सिदिङवा र सिरिजङ्गामा गत वर्षको बाढी पहिरोले मानवीय तथा भौतिक क्षति गराएको थियो ।