पाँचथर ।    अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ठुलो परिमाणको धनजन क्षति गरेको छ ।


बाढीले बगाँउदा हालसम्म ६ जना मानिस बेपत्ता भएका छन भने ठाँउ ठाँउका पुल बगेका छन । 

हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा सहित सहित ६ जना बेपत्ता भएका छन ।

बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझीटारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख (डिएसपी) हरि खतिवडाले बताए ।

बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ  जाने बाटोमा पर्ने हेँवा खोला पुल बगाएको छ ।

यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुइवटा मोटरएवल र एउटा झोलुङगे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै याङवरक गाउँपालिका ३ र २ मा ठुलो परिमाणमा घर बगाएको भएपनि क्षतिको विवरण यकिन हुन वाँकी रहेको प्रहरीले जनाएको छ ।