भरत प्रसाई । बिर्तामोड १ स्थित देवी पञ्चकन्या टोल सुधार समितिको आयोजनामा समाजिक सौन्दर्यीकरणका लागी हरीत भन्ने मुल नाराका साथ बृक्षरोपण सम्पन्न गरिएको छ । 
नेपालकै तेश्रो ठुलो कैलाशेश्वर शिव प्रतिमाको परिसर वरीपरी १ सय ५० मिटरको आपासमा समी,धुपी,चमेली,पारीजातका लगायतका ७० वटा बृक्षरोपण गरिएको देवी पञ्चकन्या टोल सुधार समितिका अध्यक्ष जनक खड्काले जानकारी दिनु भयो ।
उहाँले देशमा आएको बिकराल पस्थिति, बाढी पहिरो र भुक्षय लाई न्युनकिरण गर्न हरेक परिवार एक बृक्ष अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो ।

बिर्तामोड नगरपापलकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले एक बृक्ष निकाल्दा अरु १० वटा बृक्ष रोप्नु पर्ने बताउँदै टोल र वडाको सौन्दर्यीकरणका लागी यस किसिमका कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
उँहाले बृक्षरोपण गर्नु भन्दा यसलाई जोगाएर हुर्काउनुु चुनौती रहेको बताउदै समाजमा बस्ने सबैले आफ्नो दायित्व सम्झिएर विरुवाको रेखदेख गर्नु पर्ने बताउनु भयो ।

समाजसेवी तथा कार्यत्रमका संयोजक टिका प्रसाद संग्रौलाले सबै भएर वडा र टोल लाई हरीत बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

उहाँले मन्दिर परिसर लाई पेर्वस लगाउने काम नगरपालिकाको सहयोगमा सम्पन्न भैसकेको बताउदै देवी पञ्चकन्या टोल लाई नमुना टोलको रुपमा बिकास गराउने उदेश्य अनुरुप कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनु भयो ।
देवी पञ्चकन्या टोल सुधार समितिकी उपाध्यक्ष देवी माया थपलियाले स्वागत गर्नुं भएको कार्यक्रममा समाजसेवी तथा माइधाट व्यवस्थापन समिति अध्यक्ष बेदप्रकाश अग्रवाल,समाजसेवी बलभद्र प्रसाई, मदन गौतम लगायतले बृक्षरोपण भन्दा पनि संरक्षणको पाटोमा संस्था सक्रिय भएर लाग्नु पर्नेमा सुझाएका थिए ।














