सन्देश सिटौला  गायक सुजन शिवाकोटीको स्वर रहेको भुक्के चप्पल बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक स्वयमकै शब्द तथा संगीत रहेको छ ।

निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरबिर पण्डित दारीबा, शारदा गिरी कालीबुढी, नबिना शिलवाल खुईलीको अभिनय रहेको छ ।

भुक्के चप्पल गाउँले परिवेशको कथामा बनेको भिडियो हो । जसले प्रेम, कमेडी, लगायतका विषयबस्तुलाई समेटेको छ । भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन लोकप्रिय सम्पादक मिन रावलले गरेका हुन् । 

354848869_1426174801561053_2601177171663149812_n 1

युवा उद्यमी समेत रहेका गायक शिवाकोटीले यसअघि हाम्रो जंगल नामक फिल्म, परिबन्ध, कान्छा २ , लगायतका सर्ट मूभी र म त परेँ नामक म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

कलाकारितामा राम्रो झुकाव हुँदा हुँदै पनि गरिबी र बाध्यताका कारण परदेशिन विबश बनेका गायक शिवाकोटीले गायन र कलाकारिताका माध्यमबाट समाजमा केही गरेर देखाउन खोजेको हुटहुटीका कारण उनी मलेसियाबाट छोटो समयमा नै पर्किएर आफ्नै मुलुकमा केही गरौँ भन्ने उदेश्यले व्यबसायमा पनि सक्रिय छन् ।

युवा उद्यमी समेत रहेका शिवाकोटी झापा सनिश्चरेस्थित शंकर अस्पतालका  प्रबन्धक हुन् भने उनी झापा विर्तामोडकै माता पोलिक्निकका अध्यक्ष समेत हुन् । उनले स्वास्थ्यको क्षेत्रमा समेत ठूलो टेवा पुर्याएका छन् ।

झापामा निर्माणधिन अवस्थामा रहेको केन्द्रिय अध्यक्ष माधव कल्पित रहेको क्षितिज नाट्य समुहमा गायक शिवाकोटी संगीत विभागको सचिव समेत छुन् ।

शिवाकोटीले आफ्नो बन्धु उत्थान तथा संरक्षणका निमित्त शिवाकोटी वंश अध्ययन प्रतिष्ठान अन्र्तगत झापा संयोजकका रुपमा पनि कामहरु गर्दै आइरहेका छन् ।