काठमाडौं विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘द मिसेस नेपाल २०२३’ को उपाधि अनिता यादवले जितेकी छन् । ललितपुरमा सोमबार बेलुका सम्पन्न प्रतिस्पर्धामा उनले ११ प्रतिस्पर्धीलाई उछिनेकी हुन् ।

क्रिजोना मिडिया  प्रालिद्वारा आयोजित प्रतिस्पर्धामा दीपा थानी फस्ट रनर्सअपसहित बेस्ट पर्सनालिटी र समीक्षा अग्रवाल सेकेण्ड रनर्सअप घोषित भए । विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न पेजेन्टमा अञ्विता श्रेष्ठले मस्ट पपुलर र मस्ट डिसीप्लेनको सहविधा जिते ।

किरण शाह मस्ट चार्मिङ, अल्का यादव मस्ट इनोसेन्ट, रीना राय मस्ट आइकोनिक, विभा यादव वेस्ट स्माइल, विन्दु शाह मस्ट फोटोजेनिक, अस्मिता ठाकुर मस्ट कन्फिडेन्ट, सिर्जना खाँण वेस्ट फिगर र सिर्जना यादवले वेस्ट वाक सहविधा जित्न सफल रहे ।

फिनालेमा मोडल दीपक घिमिरे, एभरेष्ट फिल्म एकेडेमीका संस्थापक विशाल श्रेष्ठ, फेसन डिजाइनर सुकनीता चौलागाईं र जुम्बा इन्सट्रक्टर प्रतिमा श्रेष्ठ निर्णायक थिए । आयोजक संस्थका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर लभिन अन्सारीले विवाहित महिलालाई चार घेरभित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।